गुल्मीमा सामुदायिक बिद्यालयका किशोरीहरुको रक्तअल्पता परिक्षण गरिने



टाेपलाल अर्याल


गुल्मी । स्वास्थ्य कार्यालय गुल्मीले माघ अन्तिम साताबाट सामुदायिक बिद्यालयमा अध्ययनरत किशोरीहरुको रक्तअल्पता परिक्षण गर्ने भएको छ । १० बर्ष उमेर पुगेका र १९ बर्ष ननाघेका किशोरीहरुलाई बर्षमा २ पटक आइरन र फोलिक एसिड खाने गरेका छन् ।

आइरन र फोलिक एसिड किशोरीहरुमा रक्तअल्पताको अवस्था पत्ता लगाउन अभियान संचालन गरिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कार्यक्रमका फोकल प्रर्सन तथा परिवार नियोजन सुपरभाइजर गोपाल बहादुर कार्कीका अनुसार माघ अन्तिम साताबाट प्रत्येक पालिकाका दुई बिद्यालयका किशोरीहरुमा रक्तअल्पता परिक्षण गरिने छ ।

Jeewan and Rajan Tailors

कक्षा ६ देखि १२ सम्मका किशोरी अभियानमा सहभागी हुनेछन् । शुक्रबार सोहि अभियानको लागि स्वास्थ्य कार्यालय गुल्मीले पालिकाका स्वास्थ्य र शिक्षा शाखा प्रमुखहरुलाई अभिमुखिकरण गरेको छ । अभियान फागुनभर संचालन हुनेछ ।

The Star Family Restaurant

स्वास्थ्य कार्यालय गुल्मीका बरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय प्रमुख द्रोर्ण बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गोपाल बहादुर कार्कीले गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया