गुल्मीका अर्जुन कुमाल : नेपाली ब्याटिङको भविष्य



Live Gulmi


उनले सिनियर टोलीका कुशल मल्लको उक्त कीर्तिमान तोडेका हुन् । कुशल मल्लले सेप्टेम्बरमा चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनमा अविजित इनिङ खेलेका थिए । कुशललाई पछि पारेर नेपाली क्रिकेटमा दुर्लभ कीर्तिमान कायम गरेका थिए ।

अर्जुनले यसअघि गत फागुनमा आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रन पनि बनाएका थिए । अर्जुन नेपालबाट ओपनरको रुपमा यू-१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो र एक्लो खेलाडीसमेत हुन् । यू-१९ क्रिकेटमा सर्वाधिक शतक देव खनालको नाममा ३ छ । सिनियर टोलीमा सर्वाधिक शतक पूर्वकप्तान पारस खड्काले ५ पटक प्रहार गरेका छन् ।

अर्जुनलाई नेपाली क्रिकेटमा आगामी दिनमा ब्याटिङको भविष्य मानिएको छ । २०२१ मै उनी १५ वर्षको उमेरमा नेपालको सिनियर टोलीको बन्द प्रशिक्षणमा परिसकेका छन् ।

अर्जुनको बाल्यकाल

अर्जुनको घर गुल्मीको छत्रकोट-५ खर्ज्याङ्ग हो । उनको जन्म भने भारतको नयाँदिल्लीमा भएको हो । गरिबीका कारण उनका बुबा मेघबहादुर र आमा मनिषा रोजगारीको कारण भारतमा रहँदै आएका छन् ।

त्यसैले भारतको क्रिकेट संस्कारबाट अर्जुन टाढा हुन सकेनन् । भारतमै बाल्यकालदेखि नै क्रिकेट सिकेको हुँदा अन्य नेपाली खेलाडीभन्दा उनको ब्याटिङ शैली धेरै फरक छ । अर्जुन अहिले पनि नेपालमा खेल नहुँदा भारतमा गएर सिक्ने गरेको बताउँछन् ।

अर्जुनको खेल्ने शैलीले विश्वस्तरीय ब्याटरको झल्को दिने गर्दछ । अझ उनको कभर ड्राइभले पाकिस्तानका बाबर आजमको झल्को दिन्छ । उनले भारतमा गण्डकीका राहुल शर्माको प्रशिक्षणमा क्रिकेट सिक्दै आएका छन् । राहुलको आग्रहमै उनी पोखरा आएको हुँदा सुरुवात नै गण्डकीबाट गरे । पाँच वर्ष अघि उनी यू-१६ छनोटमा सहभागी हुन भनेरै दिल्लीबाट पोखरा आइपुगेका थिए । १३ वर्षकै उमेरमा यू-१६ क्रिकेट लिग प्रतियोगितामा गण्डकी प्रदेशबाट विकेटकिपरको रुपमा टियुमा खेलेका थिए । त्यो उमेरमै ब्याटिङमा क्लास देखाएपछि उनले धेरैको ध्यान तानेका थिए । २०२१ को प्रधानमन्त्री कपमा विभागीय टोली आर्मीविरुद्ध डेब्यू खेलमै ६ चौकासहित ३६ रन जोड्दै धेरैको ध्यान तानेका थिए ।

पाँच वर्षअघि यू-१६ हुँदै सुरुआत गरेका उनले घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । २०१९ मा थाइल्याण्डमा सम्पन्न यू-१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटबाट नेपाली क्रिकेटमा सुरुआत गरे । अर्जुनको प्रदर्शन हेर्दा सिनियर टोलीमा पर्ने सम्भावना अब त्यति टाढा देखिँदैन ।साभार : अनलाइन खबर 

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया