युवा संघ गुल्मीको १० औ जिल्ला अधिवेशन फागुन ५ गते



टाेपलाल अर्याल


गुल्मी । राष्ट्रिय युवा संघ नेपाल गुल्मीको १० औ जिल्ला अधिवेशन आगामी ५ फागुनमा तम्घासमा हुने भएको छ । शनिबार एमाले पार्टी कार्यालयमा बसेको राष्ट्रिय युवा संघ नेपाल गुल्मीको पदाधिकारी बैठकले अधिवशेसनको मिति तय गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल गुल्मीका अध्यक्ष सुरेश भण्डारीका अनुसार अधिवेशनलाई भव्य बनाउन ९ माघमा पदाधिकारी, सचिवालय र पालिका कमिटी अध्यक्षहरुको बैठक बस्ने निर्णय भएको छ । अधिवेशनको लागि प्रतिवेदन लेखन, प्रतिनिधी व्यावस्थापन, आर्थिक परिचालन, प्रचारप्रसार, मञ्च तथा हल व्यावस्थापन, साँस्कृतिक र अतिथी सत्कार उपसमिति गठन गर्ने निर्णय पनि बैठकबाट भएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

Jeewan and Rajan Tailors

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीका अध्यक्ष सुरेश भण्डारीको अध्यक्षता रहेको बैठकमा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, प्रेस चौतारी नेपालका पुर्व अध्यक्ष राजेन्द्र अर्याल लगायतको उपस्थिती रहेको थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया