गुल्मीदरबार गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न



Live Gulmi


नवीन कार्की, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । भलिबल, कवड्डी हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, एथलेटिक्स दौड, कराते सहित २१ बिधामा खेल सम्पन्न भएको हो।

वडा नम्बर ६ मा रहेको गंगा आधारभुत बिधालयको प्राङ्गणमा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले कार्यक्रमको उद्धघाटन गरेका थिए ।
उक्त प्रतियोगितामा १५ स्वर्ण ५ रजत र ५ कास्य गरि कुल २५ पदक सहित रुन्खादह माध्यमिक बिधालय वडा नम्बर – ४ प्रथम, १२ स्वर्ण ५ रजत र ३ कास्य गरि कुल २० पदक सहित सुर्योदय माध्यमिक बिधालय वडा नम्बर २ द्वितीय र ६ स्वर्ण २ रजत र २ कास्य गरि कुल १० पदक सहित गंगा आधारभूत वडा नम्बर ६ तृतीय भएका छ्न।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया