भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था इस्माको साधारणसभा सम्पन्न



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था लिमिटेड इस्मा गाउंपालिका–४, दोहलीको पाचौ बार्षिक साधारणमा सम्पन्न भएको छ । सभाको लुम्बिनी प्रदेश सभाका सदस्य डिल्लीराज भुसालले उद्घाटन गरे ।

सभालाई संबोधन गर्दैै भुसालले बसाईसराईले गाउँ उजाड बन्दै गएको बेला संगठित महिला दिदिबहिनीहरुको उर्जाले प्रभावित हुँदै एकतावद्ध महिलाहरुको कामले सामाजिक विकासमा टेवा पुगेको बताए । भुसालले बिगतमा पुरुष नियन्त्रित पारिवारीक संरचनाभित्र सिमित महिलाहरु अहिले लाखौको कारोवार गरेर सहकारी संचालन गरिरहेको बताउँदै आपसी एकता र समन्वयबाटै समृद्धि प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले सहकारीको भवन निर्माणमा आफुले प्रदेश सभाबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । यो संस्था ०७५ साल जेठ १७ गते स्थापना भएको हो । सहकारीको अध्यक्ष सीता अर्यालले भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष ०७९÷०८० मा गरेका प्रगतिहरुको अवस्था तथा चालु आर्थिक बर्ष ०८०÷०८१ को निती, कार्यक्रम र अनुमानित प्रस्तावित बजेट एवम कार्ययोजना सहितको प्रतिवेदन सभामा प्रस्तुत गरेकी थिइन् । उनले ग्रामीण क्षेत्रमा विद्यमान रहेको गरिवीलाई सहकारीताको माध्यमबाट लघुवित्त कार्यक्रम मार्फत न्यूनीकरण गरेर ग्रामीण क्षेत्रमा बसोवास गर्ने उदेश्य रहेको बताइन् ।

bird conversation Add

संस्थामा अहिले ७ सय ७० जना जना शेयर सदस्य रहेकोकोमा आर्थिक बर्ष ०८०÷०८१ मा १० वटा नयाँ समुह थप गर्दै ९० जना सदस्य बृद्धि र कार्यक्षेत्र विस्तार गर्ने योजना बनाएको छ । यस संस्थाले शेयर पुंजी २४ लाख ७६ हजार रहेकोमा ०८०÷०८१ मा शेयर रकम बृद्धि गरेर २८ लाख शेयर रकम पु¥याउने लक्ष्य लिएको सहकारीको अध्यक्ष अर्यालले जानकारी दिइन् । संस्थाले विभिन्न रचनात्मक तथा सृजनात्मक कामहरु गरिरहेको छ ।

( Jeevan rajan

वित्तिय साक्षरता तथा अन्तर समुह सुढृदिकरण तालिम, अनुदानमामा कागतीका विरुवा वितरण, पानी ट्याकीं, पाइप, स्प्रे, सिकेचर, विषाधी, मकैको बिउं, मिनिटेलर, कन्सेलर, प्लाष्टिक टनेल लगायतका सामग्री बिक्री वितरण गरिएको सस्थाको व्यावस्थापक गीता बस्नेतले जानकारी दिइन् । साथै लेखा समितिको तर्फबाट संयोजक सीता घर्तिले संस्थाको आर्थिक गतिविधीसहितको प्रतिवेदन सभामा पेश गरेकी थिइन् ।

कार्यक्रममा इस्मा गाउँपालिकाका पुर्व अध्यक्ष लक्ष्मण बिष्ट, उपाध्यक्ष बिमला खत्री, इस्मा गाउँपालिका ४ का पुर्व वडाध्यक्ष गनुप्रसाद अधिकारी, बर्तमान वडाध्यक्ष मान बहादुर बस्नेत, वडा सदस्य रामु कार्की, खानेपानी समितिको तर्फबाट कृष्ण रिजाल र नेकपा एमाले वडा कमिटीका अध्यक्ष बिष्णु गौतमले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संस्थाको अध्यक्ष सीता अर्यालको अध्यक्षता, प्रदेश सभा सदस्य डिल्लीराज भुसालको प्रमुख आतिथ्यता तथा सहकारीको व्यावस्थापक गीता घर्तिको संचालनमा सम्पन्न भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया