फोर्टिन स्टार कप : उपाधी चुम्ने दौडमा गाउँका बिद्यालय धेरै



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । गुल्मीको फोर्टिन स्टार युवा क्लवले १३ औँ बार्षिकोत्सवको अवसरमा संचालन गरेको जिल्लाका माध्यमिक विद्यालय स्तरीय छात्र फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगीता आगामी १० गतेसम्म संचालन हुनेछ ।

प्रतियोगीताको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले उद्घाटन गरे । जिल्लामा लामो समयदेखि फोर्टिन स्टार युवा क्लवले छात्र र पुल्चोक स्र्पोट क्लवले छात्रा फुटवल प्रतियोगीता गर्दै आएका छन् । शहरका बिद्यालयहरुमा मात्रै केन्द्रित फुटवल खेलको मोह गाउँसम्म बिस्तार गर्न क्लवहरुले लामो समयदेखि फुलबल प्रतियोगीताको आयोजना गरिरहेका छन् । जसकरा कारण १९ टिम मध्ये १० टिम सदरमुकाम बाहिरबाट प्रतियोगीतामा सहभागी छन् । यो उपस्थितीले गाउँसम्म फुटवल खेलको मोह बढ्दै गएको छ ।

प्रतियोगीतामा सदरमुकामका महेन्द्र मावि, सिद्धबाबा मावि, रेसुंगा मावि, उपल्लो तम्घास मावि, अर्जुन इग्लिस बोर्डिङ्ग स्कुल, रिर्डस पब्लिक हाइस्कु, आर्दश बिद्या आश्रम र ब्रिलियण्ट युनाइटेड एकेडेमी र गण्डकी इग्लिस बोर्डिङ्ग स्कुल छन् । भने तम्घास बाहिरका देविस्थान मावि घमिर, मालिका मावि सिमलटारी, अर्जे माविक अर्जे, पृथ्वी मावि पुर्कोट, रिडी मावि रिडी, पालुखा मावि हस्तिचौर, जनसहयोग मावि भुवनपानी, भगवति मावि सिमीचौर, भाडगाउँ मावि भाडगाउँ र लिटिलस्टार्स पब्लिक स्कुल उर्लेनीले प्रतियोगीतामा प्रतिस्प्रर्धा गर्दैछन् ।

bird conversation Add

केहि समय अघिसम्म तम्घासका बिद्यालयहरुबिच मात्रै प्रतिस्प्रर्धा हुने प्रतियोगीताहरुमा गाउँका बिद्यालयहरुको सहभागीताले हेर्ने दर्शकहरु पनि उत्साहित हुने गरेका छन् । भने खेलाडीहरुमा उत्साह बढिरहेको क्लवमा अध्यक्ष बिक्रमसिंह बुढाथोकीले बताए । सामाजिक क्षेत्रमा रचनात्मक कामहरु समेत गर्दै आएको फोर्टिन स्टार युवा क्लवले ‘जाउँ हिडौ रेसुंगा’ अभियानलाई समेत प्राथमिकतामा राखेर धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गाको यज्ञशाला मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर चर्चा बटुलेको थियो ।

( Jeevan rajan

व्यावस्थापनको कठिनाईले तम्घासमा फुटवल आयोजना गरेपनि सहभागीताको हिसाबले तम्घास बाहिरका बिद्यालयको राम्रो सहभागीताले क्लवलाई पनि आत्मबल बढिरहेको क्लवका महासचिव नारायण आचार्यले बताए । तम्घासका प्रतियोगीता खेलाडीहरुको लागि राम्रो प्लेट फर्म भएका छन् ।

चौथो फोर्टिन स्टार कप–२०८०’ मा बिजेताले ३५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र तथा उपबिजेताले २५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने क्लवका महासचिव आचार्यले जानकारी दिए । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र कोचलाई प्राथमिक उपचार र एक लाख बराबरको म्यादी बीमा समेत क्लवले गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया