सुन गाउँमाथि हरियाली पहाडको शिर
कालीगङ्गा कलकल बग्छिन् तलतिर
पहाडको फेदीतिर लाग्छ सधैँ जाऊँ
सधैँ मलाई बोलाउने मेरो प्यारो गाउँ
बलिया छन् विदेशतिर बाझैँ खेतबारी
जता जान्छु त्यतै देख्छु वनमाराको घारी
हजुरबुवा खोक्दै एक्लै बस्छन् लौरो टेकी
दुःख लाग्छ घरगोठ सबै रित्तैदेखि
बाटोघाटो राम्रो अनि सहज भए पनि
विद्यालय अस्पताल खुल्दै गए पनि
जन्मभूमि त्यागी युवा लागे विदेशतिर
गाउँ रित्तै देख्दाखेरि लाग्छ धेरै पीर
छाडी गए सुनचाँदी फल्ने बारीखेत
अर्काको दास हुँदा पनि आएन है चेत
सम्भव छ नि यही माटोको मालिक आफैँ बन्ने
मलजल गरी फल फलाई लाख करोड गन्ने
देश बाँचे हामी बाँच्छौँ बुझौँ यति कुरा
गाउँ विकास गर्ने लक्ष्य मिली गरौँ पूरा
नजाऊँ विदेश बसौँ गाउँमा गरौँ कृषि काम
आफ्नो गाउँ आफैँ बनाऊँ चिनाऔँ है नाम ।
✍️सम्झना गिरी (लेखक गिरी रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीमा स्नातक तहमा अध्ययन गर्छिन् ।)