कविता : देश भक्ति



Live Gulmi


वीर पुर्खाले सिर्जेको हाम्रो प्यारो देश नेपाल ।
प्रकृतिले भरिपूर्ण छ, सारै सुन्दर विशाल ।।
मन नै लोभ्याउने पर्यटकीय स्थल छन् हाम्रो ।
देशको सान पनि बढाएको छ सारै नै राम्रो ।।

यो धर्तीमा जन्मिएर रगत पसिना बगाई ।
गर्नु छ कर्म अठोट लिएर नेपाल चिनाई ।।
मेरो देशको माटोमा नै अब्बल ऊर्जा छ हेर ।
असल कर्म गरेर , देशको नयाँ भेष फेर ।।

Jeewan and Rajan Tailors

शान्तिका अग्रदूत गौतम बुद्ध जन्मिए यहाँ ।
खुसी र उमङ्गको त सीमा नै रहेन नि जहाँ ।।
अनेकौँ ज्ञानहरु छरे, बुद्धले शान्तिको निम्ति ।
उनका असल मिठा उपदेश सबै छन् किम्ती ।।

The Star Family Restaurant

विश्वकै अग्लो सगरमाथा हिमाल प्यारो लाग्छ ।
गर्व छ मलाई धेरै, मीठो माया सारै नै जाग्छ ।।
दुःख परे पनी यहीँ धर्तीमा आशु खसाउँछु ।
देशको निम्ति मर्नै परे नि रगत बगाउँछु ।।

(१५८ औं माेती जन्मजयन्तीको अवसरमा किरण पुस्तकालय तम्घास गुल्मीको आयोजनामा भएको कविता वाचन प्रतियोगितामा सहभागी सम्झना गिरीले प्रस्तुत गरेको कविता)

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया