अभद्र व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै वडाको प्रेस विज्ञप्ति



सन्तोष महतारा


गुल्मी । गुल्मीमा अभद्र व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै वडाले प्रेस विज्ञप्ति निकालेको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हीराबहादुर कार्कीमाथि देविस्थान माध्यमिक विद्यालयका शिक्षक यमलाल पन्थीले अभद्र व्यवहार गरेकोले कारबाहीको माग गर्दै वडाले प्रेस विज्ञप्ति निकालेको हो ।

वडाका कार्यबाहक वडाध्यक्ष सुर्यबहादुर बुढामगरले हस्ताक्षर गरेको विज्ञप्तिमा विद्यालय अनुगमनको क्रममा गत १८ गते वडाध्यक्षमाथि शिक्षकले अभद्र व्यवहार गरेको उल्लेख गरिएको छ ।

Jeewan and Rajan Tailors

शिक्षकले वडाध्यक्षको मुखमा थुक्ने र अपशब्द बोलेर गाली गरेको हुनाले अनुसन्धान गरि शिक्षकलाई कारबाही गर्न वडाले प्रेस विज्ञप्ति मार्फत आग्रह गरेको छ । शिक्षकले यसअघि आफुमाथि वडाध्यक्षले कुटपिट गरेको आरोप लगाएका छन् । यस सम्बन्धमा नेपाल राष्ट्रिय शिक्षक संगठनले बिहिबार नै गुल्मीका प्रमुख जिल्ला अधिकारीलाई शिक्षकमाथि कुटपिट भएको र वडाध्यक्षलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

The Star Family Restaurant

शिक्षक सरुवाको बिषयमा सोमबार दिउँसो वडाध्यक्ष र शिक्षकबीच विवाद भएको थियो ।

, ,

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया