तीन किलोमिरटर सडक : आठ वर्षमा सात पटक म्याद थप्दा पनि भएन कालोपत्रे



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लामा एउटा सडकको ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दा समेत काम हुन सकेको छैन् । जसले गर्दा नागरिक आक्रोसित हुन थालेका छन् ।

जिल्लाको सदरमुकाम तम्घास खाम्सेपानी नयाँगाउ नादी सूर्यटारी सडकको बिचमा झण्डै ३ किलो मिटर सडक कालोपत्रे गर्ने कार्य ८ वर्षदेखि अलपत्र हुँदै आएको छ । अहिले यो सडकको बिभिन्न खण्ड खण्ड बनाएर काम भइरहेको छ । सडकको सुरुको खण्ड तम्घास खाम्सेपानी अन्तरगत सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्रे हुन नसकेको हो । अर्को खण्डको तीन किलोमिटर ३ वर्ष अघि नै कालोपत्रे भएको थियो ।

Jeewan and Rajan Tailors

निर्माण व्यवसायीले पटकपटक ठेक्का सम्पन्न गर्ने म्याद थप्ने तर काम पुरा नगर्दा सडक समयमै निर्माण हुन सकेको छैन् । व्यवसायिले अन्तिम पटक भन्दै २०८० साल असारसम्मको म्याद थप गरेको थियो । यो समयमा पनि कालोपत्रे गर्ने काम कुनै पनि भएको छैन् । सडकको २०७१ साल असार ३१ गते साम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले सम्झौता गरेको थियो । तर निर्माण व्यवसायिले समयमै काम गर्न नसक्दा त्यसक्षेत्रका नागरीकले सास्ती खेप्नु परेको हो ।

The Star Family Restaurant

सडकको तम्घासदेखि खाम्सेपानी अन्तरगत सुपाखोलासम्म साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने गरि ७ करोड १९ लाख ८७ हजार ७० रुपैया लागतमा निर्माणको जिम्मा दिइएकोे थियो । सडक खण्डको साढे दुई किलोमिटर भन्दा बाँकी खण्डको केहि ठाउँमा २ वर्ष अघि नै कालोपत्रे भएको छ । सदरमुकाम बजारसँग जोडिएको खण्ड वर्षैदेखि अलपत्र हुँदा नागरिक आक्रोसित हुन थालेका छन् । बाटो कालोपत्रे हुँदा झण्डै ३ किलोमिटर बाटो अलपत्र हुँदा यात्रा गर्न कठिन भएको स्थानीय रोमबहादुर गुरुङले बताए । सडक कालोपत्रे नहुदा त्यस स्थानका नागरिकले महङ्गो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ । झण्डै ९ वर्षसम्म सडक अलपत्र हुँदा निर्माण व्यवसायिलाई काम पुरा गर्न पहल नभएको स्थानीय मुमाराम पाण्डेले बताए ।

उनले यतिका समयसम्म पनि कालोपत्रे गर्ने जिम्मा लिदा काम गर्न नसक्नु दुखको कुरा भएको बताए । लामो समयसम्म सडक कालोपत्रे गर्ने कार्य नहुँदा त्यस भेगका नागरिकले गुहार पाएका छैनन् । सडक अलपत्र हुँदा त्यस स्थानका नागरिकहरु वर्खायाममा हिलाम्मै र हिउँदमा धुलाम्मै सडकमा यात्रागर्नुपर्ने बाध्यता रहेको छ । कालोपत्रे गर्ने गरि सडकको नाली र ग्राभेल गर्ने काम गरिएको थियो । तर, अहिले ग्राभेल गरेको बिभिन्न ठाउँमा भत्कीदै गएको छ । कलिपय स्थानल घाँसले झाँडी र सडक भत्कीदै गएपछि सडक साँघुरो हुँदै गएको छ ।

सडक सुरुमा पाल्पा सडक डिभिजन कार्यालय हुँदै, तम्घास सिमलटारी प्यूठान सडक, सडक पूर्वाधार विकास कार्यालय सिवपुर कपिलवस्तु हुँदै अहिले सडक पूर्वाधार विकास कार्यालय गुल्मीले सडक निर्माण कार्य हेर्दै आएको छ । सडकको अहिले भौतिक प्रगति ९० प्रतिशत, वित्तिय प्रगती ७६ प्रतिशत भएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ । प्रगति भनिए पनि सडकको मुख्य काम कालोपत्रे भएको छैन । असारमा काम गर्न लागेझै गर्ने र वर्षातलाइ दोष दिएर उम्किने निर्माण व्यवसायीको निहु बन्दै आएको छ ।

सडकको बेस निर्माण र कालो पत्रे काम बाँकी रहेको सडक पूर्वधार विकास कार्यालय गुल्मीका प्रमुख सचित्तानन्द चौधरीले बताए । उनले निर्माण व्यवसायिलाई पटक पटक ताकेता गर्दा पनि कुनैपनि काम हुन नसकेको बताए । निर्माण व्यवसायिले असारमा आएर केहि दिन काम गरेझै गर्ने र म्याद थप्न गर्ने गर्दै आएको छ । यसवर्ष पनि काम हुन नसकेपछि निर्माण व्यवसायिले म्याद थप्नका लागि निबेदन दिएको कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायिले समयमै काम सम्पन्न गर्न नसकेपछि कार्यालय पटकपटक बैंक ग्यारेन्टी तान्नका लागि पत्र पनि काटेर चौधरीले बताए । अब यसपनि काम सम्पन्न हुननसके ठेक्का सम्झौता तोड्ने कार्यालयले जनाएको छ । यो सडक हुँदै रेसुङ्गा, धुर्कोट, मदाने गाउँपालिकाका नागरिकलाई प्रत्यक्ष लाभाम्भित हुनेछन् । अनिल खत्री, गुल्मी

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया