एनआरएन सह–कोषाध्यक्षमा गुल्मेली आचार्यको उम्मेदवारी



सन्तोष महतारा


कतार । गैरआवासीय नेपाली संघ (एनआरएनन) राष्ट्रिय समन्वय परिषद् कतारको आगामी कार्यकाल २०२३ देखि २५ सम्मको लागी झबिन्द्र आचार्यले सह–कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केही दिन अघि आचार्यले सामाजिक सन्जाल मार्फत आफनो उम्मेदवारी घोषणा गरेका हुन् ।

बिगत लामो समय देखि कतारमा कार्यरत रहेका आचार्य विभिन्न सामाजिक कार्यमा समेत सक्रिय छन सामजिक कार्यमा आर्जन गरेको अनुभव र सस्थांको आर्थिक पार्दशिता पहिलो प्राथमिकतामा राखेर सस्थांको पारदर्शिता र ब्यबस्थापन गर्न २०२३ देखि २५ सम्मको कार्यकालको लागी आचार्यले सह–कोषाध्यक्षमा पदमा उम्मेदवारी दिएको आचार्यले बताए।

Jeewan and Rajan Tailors

गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेमा जन्मिएका आचार्य कतारमा ब्यवसाय गर्दै आईरहेका छन् । आफ्नै ब्यवसाय सुरु गरेपछी आफ्नो समाजसेवी सामाजिक कार्यमा अग्रसर हुन र भावनालाई थप टेवा मिलेको उनले बताए । उनी भन्छन् ‘सामाजिक संस्थामा सक्रिय हुनुको अर्थ नै सेवा हो, संस्थाबाट लिने होइन, दिने हो, सकेसम्म योगदान गर्ने हो ।’ जहाँ देशलाई दुख्छ जहाँ नेपालीलाई दुख्छ आफु सदैब सहयोगमा उभिएको बताउछन् । समस्यामा होस्, वा गृह जिल्लाका पिडितहरुको घाउमा मलम लगाउन होस् वा कर्मभुमिमा दुखमा परेका नेपालीहरुको उद्धारको निम्ती किन नहोस् आफु सदैब सहयोग गर्न तप्पर रहेको उनले बताए ।

The Star Family Restaurant

कतारमा स्थापित विभिन्न सामाजिक सस्थांको नेतृत्व समेत गरेका हाल गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार लगायत विभिन्न संघ सस्थांमा समेत आबद्ध रहेका छन् । आफनो उम्मेदवारीमा कतारमा रहनुहुने सम्पुर्ण नेपालीहरुको साथ सहयोगको अपेक्षा गर्दै आम नेपाली जनसमुदायले साथ समर्थन गरि अमुल्य मत प्रदान गरि भारी मतले बिजयी गराउन सबैलाई आग्रह गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया