रेसुङ्गाकाे मेयरमा काँग्रेसबाट पन्थी, कुन वडामा को अध्यक्ष ? 



Live Gulmi


गुल्मी, ११ बैशाख, बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि यतिबेला चुनावी सरगर्मी बढेको छ । जिल्लामा रहेका विभिन्न राजनैतिक दलहरुले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार घोषणा गरिरहेका छन् ।

सत्तारुढ पार्टी नेपाली काँग्रेसले पनि रेसुङ्गा नगरपालिकामा मेयर, उपमेयर, वडाअध्यक्ष सहित उम्मेदवारको टुङ्गो लगाएको छ । रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसबाट खिलध्वज पन्थी मेयरको उम्मेदवार बन्नुभएको छ । उमेरले ४६ वर्षीय पन्थी केही समय अघि सकिएको नेपाली काँग्रेस गुल्मीको ८ औं जिल्ला अधिवेशनबाट अत्याधिक बहुमतका साथ सभापतिमा निर्वाचित हुनुभएको थियो ।

Jeewan and Rajan Tailors

विकासप्रेमी नेताका रुपमा परिचत पन्थीले प्रत्यक्ष जनताको जनजीविकोसँग जोडिएर काम गर्ने भएकोले पनि आफु मेयरमा बहुमतका साथ बिजयी हुने दाबी गर्नुभएको छ । भने उपमेयरमा अमृतादेवी कुँवरलाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली काँग्रेस रेसुङ्गा नगर समितिका सभापति जयश्वर पन्थीले जानकारी दिनुभयो ।

The Star Family Restaurant

नेपाली काँग्रेसले रेसुङ्गा नगरपालिकाका १४ वटै वडामा वडाअध्यक्ष सहितको उम्मेदवारको टुङ्गो लगाएको नगर सभापति पन्थीले जानकारी दिनुभयो । नेपाली काँग्रेस रेसुङ्गा नगर पन्थीका अनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर १ मा रामप्रसाद पन्थी वडाअध्यक्षको उम्मेदवार बन्नुभएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसबाट हिरा बहादुर थापा, वडा नम्बर ३ मा बाबुराम खत्री वडाअध्यक्ष पदको उम्मेदवार बन्नुभएको छ ।

यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर ४ मा वडाअध्यक्षमा नेपाली काँग्रेसबाट लिलाधर आचार्य, वडा नम्बर ५ मा नेपाली काँग्रेसबाट दुर्गाप्रसाद खनाल, वडा नम्बर ६ मा नेपाली काँग्रेसबाट केशब मरासिनी वडाअध्यक्षका लागि चुनावी मैदानमा हुनुहुन्छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा नेपाली काँग्रेसबाट रामप्रसाद पन्थी (राम्जी), वडा नम्बर ८ मा नेपाली काँग्रेसबाट प्रकाश भलामी वडाअध्यक्ष पदका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर ९ मा नेपाली काँग्रेसबाट कृष्णप्रसाद पाण्डे, वडा नम्बर १० मा रामबहादुर बस्नेत, वडानम्बर ११ मा गुणाखर पाण्डे वडाअध्यक्षको उम्मेदवार बन्नुभएको छ । नेपाली काँग्रेसबाट रेसुङ्गा नगरपालिका वडा नम्बर १२ मा चेहरसिङ टण्डन क्षेत्रि वडाअध्यक्षको उम्मेदवार बन्नुभएको छ । वडा नम्बर १३ मा हुम बहादुर बस्नेत वडाअध्यक्ष पदका लागि उम्मेदवार बन्नुभएको नेपाली काँग्रेस रेसुङ्गा नगर सभापति पन्थीले जानकारी दिनुभयो । यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर १४ का मा नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदका लागि धनबहादुर पुन वडाअध्यक्ष पदका लागि उम्मेदवार बन्नुभएको छ ।

रेसुङ्गा नगरपालिकामा २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ठुला तीन राजनितिक दल एक्ला एक्लै चुनावमा होमिएका थिए । जसमा नेकपा एमाले नगरप्रमुख, उपप्रमुख सहित ६ वटा वडा जितेको थियो । अन्य बाँकी वडामा नेपाली कांग्रेस विजय भएको थियो । नेपाली काँग्रेसका नगर सभापति पन्थीका अनुसार यसपटक स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदको उम्मेदवारमा सबै नयाँ अनुहार चुनावी प्रस्तिपर्धामा देखिएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया