जनप्रिय पन्थी रेसुङ्गाको मेयरमा उमेदवार



Live Gulmi


रेसुङ्गा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी उमेदवार बनेका छन् । जनताको प्रत्यक्ष जीविकोपार्जन सँग जोडिएर काम गर्ने नेताका रुपमा परिचित नेपाली काँग्रेस गुल्मीका सभापति पन्थी नगरपालिकाको प्रमुख पदका लागि उमेदवार बनेका हुन् ।

यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा सभापति पन्थीलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेशले उमेदवार बनाएर पठाएको हो । पन्थी रेसुङ्गा नगरपालिका–६, भुवनपानीका बासीन्दा हुन् । ४६ वर्षीय पन्थी २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आएका छन् । साढे ८ वर्षसम्म नेपाल तरूण दलको जिल्ला अध्यक्ष भएका पन्थी यसअघिको जिल्ला अधिवेशनमा अत्याधिक मतले सभापतिमा बिजयी भई संगठनलाई चुस्त पार्दै र विशेष गरि युवा पुस्ताको बढी मन जित्दै आएका छन् ।

Jeewan and Rajan Tailors

नेपाली काँग्रेसले प्रत्यक्ष जनताको जनजीविकोसँग जोडिएर काम गर्ने भएकोले आफु नगरपालिकामा बहुमतका साथ बिजयी हुने नगरपालिकाको प्रमुखका उमेदवार तथा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले दाबी गरे । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काङ्ग्रेस पार्टी विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताउदै आएका छन् ।

The Star Family Restaurant

पटकपटक मन्त्री बन्दा एउटा खोलामा पुल नबनेको गुल्मीमा सभापति पन्थीको पहलमा तम्घास सिमलटारी खण्डको सडकमा पक्की पुल बन्न लागेका छन् । पन्थी आफु सत्ता बाहिर रहेर पनि गुल्मी जिल्लाको बिकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनी बजेट माग गर्न बारम्बार सरकारसमक्ष पुग्ने गर्छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया