लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको नयाँ नेतृत्व चयन



अनिल खत्री


गुल्मी । राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गुल्मीको प्रथम जिल्ला अधिवेशनसम्पन्न भएको छ । जिल्लाको छत्रकोट गाउँपालिकाको चोयगामा सम्पन्न अधिवेशनले हुमनाथ पन्थको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनबाट उपाध्यक्ष युवराज आचार्य, महिला उपाध्यक्ष सिता पाण्डे, सचिव हिमाल पन्थ, कोषध्यक्ष थानिस्वर आचार्य, सह सचिव शान्ती ढेंगा, सहकोषाध्यक्ष सुभाष न्यौपाने, सदस्यहरु मोहन गौतम, खिमा बस्नेत, राम प्रसाद बन्जाडे, दोमाकान्त सुवेदी, तिलक भण्डारी र पार्वती पन्थ चयन भएको राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य जनक पन्थले बताए ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपमहासचिव नारायणप्रसाद भुसालले लोक भजन नेपाली समाजको मौलिक संस्कृति, सभ्यता र आध्यात्मिक चेतनाको महत्वपूर्ण आधार भएको बताए । उनले आधुनिकताको प्रभावसँगै ओझेलमा पर्न थालेका लोक भजन, भक्ति संस्कार र मौलिक परम्पराको संरक्षणका लागि प्रतिष्ठान स्थापना गरिएको उल्लेख गर्दै जिल्लास्तरमा संगठन विस्तार र नयाँ पुस्तालाई लोक भजनसँग जोड्न आवश्यक रहेको धारणा राखे ।

कार्यक्रमका विशेष छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले लोक भजनले समाजमा नैतिकता, सद्भाव र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने भएकाले यसको संरक्षण आजको आवश्यकता भएको बताए । उनले स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्न यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गरे ।

( Jeevan rajan

अधिवेशनमा विभिन्न दल, संघ संस्थाका प्रतिनिधीले धारण राखेका थिए । उनिहरुले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वक्ताहरूले लोक भजनको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि सक्रियतापूर्वक काम गर्न आग्रह गरेका थिए ।

अधिवेशनले गुल्मी जिल्लाभर लोक भजन संस्कृतिको संरक्षण र विस्तारका लागि योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेकका छन् । कार्यक्रमको अवसरमा केहि समय विभिन्न समुहले भजन प्रस्तुत गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया