सत्यवतीमा लागू औषधविरुद्ध सचेतना कार्यक्रम



सुर्य सुनार


गुल्मी । गुल्मी जिल्लाको सत्यवति गाउँपालिकामा लागू औषध सेवन तथा दुव्र्यसनीको रोकथाम र नियन्त्रणसम्बन्धी एकदिने अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजनामा तथा शुभलक्ष्मी फर्मा क्लिनिकको सहयोगमा खैरेनीमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीले सहकार्य गरेको थियो ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक डा. अषिम रेग्मीले लागू औषध दुव्र्यसनीका कारण स्वास्थ्यमा पर्ने अल्पकालीन तथा दीर्घकालीन असरबारे प्रशिक्षण दिनुभएको थियो । उहाँले लागू औषध सेवनले शारीरिक, मानसिक तथा सामाजिक जीवनमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउनुभयो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले लागू औषध दुव्र्यसनीसम्बन्धी कानुनी व्यवस्था, अपराध र सजायका विषयमा प्रकाश पार्नुभयो ।

शुभलक्ष्मी फर्मा क्लिनिकका व्यवस्थापकीय प्रबन्धक होमबहादुर पल्ली मगरले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै लागू औषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणका लागि कानुनी तथा नीतिगत प्रावधानबारे सचेतना फैलाउने, लागू औषधको बिक्री–वितरण तथा प्रयोग नियन्त्रण गर्ने, दुव्र्यसनीबाट हुने आपराधिक क्रियाकलाप र दीर्घकालीन असर न्यूनिकरण गर्ने उद्देश्य रहेको बताउनुभयो

( Jeevan rajan

गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले कानुनबारे जानकारीको अभावले धेरै समस्या देखिने गरेको भन्दै यस्ता सचेतनामूलक कार्यक्रमले लागू औषध दुव्र्यसनी न्यूनिकरणमा सहयोग पुग्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले कार्यक्रममा सिकेका कुरालाई घर, समुदाय र समाजसम्म पुर्‍याउन आग्रह गर्दै सबैको सहकार्यले मात्र लागू औषध दुव्र्यसनी नियन्त्रण सम्भव हुने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि सत्यवति गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले लागू औषध दुव्र्यसनी नियन्त्रणसम्बन्धी कार्यक्रम प्रत्येक समुदायसम्म लैजाने योजना रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले नागरिकको कानुनी तथा स्वास्थ्यसम्बन्धी ज्ञान वृद्धि गर्ने उल्लेख गर्नुभयो । साथै अभिभावकले आफ्ना बालबालिकाको व्यवहारमा ध्यान दिन सके दुव्र्यसनीजस्ता गलत क्रियाकलापबाट जोगाउन सकिने बताउनुभयो ।

कार्यक्रममा विद्यार्थी, शिक्षक, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिँदै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न माग गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया