रेसुङ्गा नगरपालिकाद्वारा ‘जाउँ हिड रेसुङ्गा’ लाई प्रभावकारी बनाउन तम्घासमा भित्तेचित्र



Live Gulmi


गुल्मी । रेसुङ्गा नगरपालिकाद्वारा ‘जाउँ हिड रेसुङ्गा’ अभियानलाई प्रभावकारी बनाउन तम्घासमा भित्तेचित्र बनाइएको छ । लाकुरीमञ्चमा धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्नका लागि संचालन गरिएको ‘जाउँ हिड रेसुङ्गा’ अभियानलाई प्रभावकारी बनाउन तम्घासमा भित्तेचित्र बनाइएको हो ।

हालसम्म भित्तेचित्रमा रेसुङ्गा क्षेत्र, रेसुङ्गा यज्ञशाला, श्रृङ्गे ऋषी, रामले वाण हानेर पानी निकालेको, हनुमान, मृग, चितुवा र  रेसुङ्गा पार्क लगायतका भित्तेचित्र बनिसेका छन् । रेसुङ्गा नगरपालिकाकाे आर्थिक सहयोगमा काठमाडौंकाे बिके आर्ट ग्यालेरीका संचालक नरबहादुर बिकले भित्तेचित्र बनाइरहेका छन् ।

रेसुङ्गा नगरपालिकाले भित्तेचित्र निर्माणका लागि प्रति स्क्वायर फुट ३ सय ७५ रुपैयाँ खर्च गरेको छ । समग्रमा नगरपालिकाले १ हजार ६ सय स्क्वायर फुट क्षेत्रमा भित्तेचित्रको काम गर्न लागेको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडि, नेपाल टेलिकम अगाडि र रेसुङ्गा नगरपालिका अगाडि भित्तेचित्र निर्माणका काम हुने रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । ‘पर्यटन प्रवर्द्धनका लागि हामीले यो सोँच बनाएका हौ’, उनले भने, ‘जाउँ हिड रेसुङ्गा अभियानलाई प्रभावकारी बनाउन तम्घासमा भित्तेचित्र बनाएका छौँ ।’  रेसुङ्गा नगरपालिकाले रेसुङ्गामा पर्यटक भित्र्याउनका लागि गत वर्षदेखि ‘जाउँ हिड रेसुङ्गा’ अभियान संचालन गरेको छ ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया