गुल्मी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा. चन्द्र भण्डारीले नयाँ दृष्टिकोण नभईकन मुलुकको कायापलट सम्भव नै नभएको बताएका छन् । लुम्बिनी प्रदेशकाे गुल्मीको कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेशकाे पर्वतकाे विहादी गाउँपालिका जाेड्ने गरी कालीगण्डकी नदी माथि बनेको पक्की पुलको उद्घाटन गर्दै सांसद भण्डारीले यस्तो बताएका हुन् । नेता भण्डारीले अहिलेकाे प्रविधिकाे युगमा भाषण मात्रै गरेर हिड्ने नयाँ दृष्टिकोण नहुनेहरूबाट देशमा कायापलट नहुने बताएका छन् । ‘विकास गरेर मुलुकको कायापलट गर्न नयाँ दृष्टिकोण चाहिन्छ’ भण्डारीले भने, “नयाँ दृष्टिकोण र विचार नभएकाहरूले मुलुक पछाडि पारेका छन् ।” उनले पक्की पुलले दुई पालिका, जिल्ला र प्रदेश मात्रै नजाेडेर विकासकाे आयाम लिने बताए । उनले आयातका लागि मात्रै पक्की सडक र पुल नबनेको प्रष्ट पार्दै निर्यातका लागि पनि तयार हुनुपर्ने बताए । उनलेे उत्पादनसँग जाेडिएर समग्र देशको विकास गर्नुपर्ने बताए । कालीगण्डकी काेरिडाेरले भारत र चिनलाई नजिककाे दुरीमा जाेड्ने भएकोले मुख्य गरी काेरला नाकामा पुग्नकाे लागि र उत्पादन निर्यात गर्न सहज हुने र त्यसको फाइदा कालीगण्डकी र विहादीबासीले लिनुपर्ने बताए । पक्की पुल लामाे समय सम्मकाे अथक मेहत र प्रयासले बन्न सफल भएको बताए । उनलेे यससँग सम्बन्धित सबै पक्षलाई धन्यवाद दिए ।
तपाईंको प्रतिक्रिया
-
Mahatara Live Gulmi का संचालक तथा सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समिति (रासस) र कारोबार राष्ट्रिय दैनिकको संवाददाता हुन् ।लेखक द्वारा अन्य