प्रथम कंकेदेउराली महोत्सवको तयारी पुरा



टाेपलाल अर्याल


गुल्मी । प्रथम कंकेदेउराली कृषि पर्यटन तथा सास्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव पुस ५ देखि ७ गतेसम्म संचालन हुँदैछ । ‘घुम्न जाउ यसपालि कन्केदेउराली’ अभियानका साथ पहिलोपटक महोत्सव आयोजना गरिएको छ ।                                                                                  महोत्सवको सह आयोजकको रुपमा कन्के देउराली पर्यटन पुर्वाधार विकास समिति रहेको छ । पर्यटकीय क्षेत्र कन्केदेउरालीसंग जोडेर पर्यटन बिकासमा टेवा पुराउने उदेश्यले महोत्सव आयोजना गरिएको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् । उनले मदाने आयोजक भएपनी सबैको महोत्सव भएकाले सर्वपक्षीय सहयोग आवश्यक रहेको बताइन । भजनकृतन, विद्यालय स्तरको प्रतिभाको खोजी अभियान अन्तरगत मदाने तारा र केही कलाकारको प्रस्तुति रहने खडकाले जानकारी दिइन् ।                                                                                  राष्ट्रिय गौरवको योजना कन्केदेउराली जलाशयसहित दर्जनौ संरचना निर्माण भएका छन । मदाने गाउँपालिकामा उब्जने मकै, कोदो, सुन्तला, फापर लगायतका कृषि उपजको महोत्सवमा प्रर्दशन गरिने मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुवरले जानकारी दिए । उनले बिचभागबाट जाने सालझन्डी ढोरपाटन सडक र नजिकका पर्यटकीय क्षेत्र तथा कृषि र पशुपालन जोडेर समृद्धि प्राप्तिको लक्ष्य रहेको कुवरले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया