मासु व्यावसायी, वाणिज्यसंघ र बिज्ञकेन्द्रबिच त्रिपक्षिय अन्तरक्रिया



टाेपलाल अर्याल


गुल्मी । गुल्मी तम्घासका मासु व्यावसायी, गुल्मी उद्योग बाणिज्यसंघ र भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रबिच त्रिपक्षिय अन्तरक्रिया सम्पन्न भएको छ । सदरमुकाम तम्घासका मासु पसलहरुको व्यावस्थान गरेर नागरिकलाई कसरी गुणस्तरिय मासु खुवाउने भन्ने बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयले बजारका केहि मासुपसल बाहेकका पसलहरु विभिन्न दृष्टिकोणले आचारसंहिता अर्थात मापदण्ड बाहिर भएकाले सचेत बनाउन छलफलको आयोजना गरिएको बताए । उनले अब केहि दिनमा अनुगमन गरेर केहि पसलहरु बन्द गर्ने र कारबाहीको योजना भएकाले सुधार र सुझावको लागि मासु व्यावसायीसंग छलफल गरिएको बताए । उनले मासु पसल संचालन गर्दा अपनाउने मापदण्डका बिषयमा अवगत गराएका थिए ।

Jeewan and Rajan Tailors

त्यस्तै उपभोक्ता हित संरक्षण मञ्चका सचिव युवराज भण्डारीले स्वस्थकर मासु उपयोग गर्न पाउने जनताको अधिकार कुण्ठित गर्न नपाइने तर्क प्रस्तुत गरे । उनले मापदण्डको पालन गर्न नसके व्यावासाय बदल्नुपर्ने तर अनेक बाहाना बनाएर उपभोक्ता ठग्न नहुनेमा जोड दिए । मासु व्यावसायी संघका अध्यक्ष लिल बहादुर बस्नेतले आफुहरु कार्यालयपिच्छेका कर र मापदण्डनै हैरान भएको बताए । उनले स्थानीय सरकार, कर कार्यालय र घरेलुका आफ्नै करका सीमा र व्यावस्था भएकाले व्यावसायीहरुले कर तिर्न पनि नसक्ने अवस्था रहेको बताए ।

The Star Family Restaurant

होटल व्यावसायी मञ्जका अध्यक्ष जंग बहादुर कुवरले मासु पसलदेखि होटलको भान्सा हुँदै उपभोक्तासम्म जोडिएको बिषयलाई व्यावसाय मात्र हेरेर हेलचेक्राइँ गर्न नहुने बताए । गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरी पौडेलले आफुहरु व्यावसायीहरुको राम्रोको लागिनै भएकाले भोली अप्ठयारो व्यावसायी नपरुन भन्ने उदेश्यले सतेनताकै लागि कार्यक्रम आयोजना गरिएको बताए ।

उनले एक ठाउँको व्यावसायी अर्को ठाउँको उपभोक्ता पनि भएकाले सचेत भएर गुणस्तरिय बस्तुको बिक्री बितरणमा व्यावसाय अगाडी बढाउनुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण गुल्मी उद्योग बाणिज्य संघका बिष्णु अधिकारीले गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया