गुल्मी । गुल्मी कफी खेतीको उदगम जिल्ला हो । कफी खेतीलाई बढाएर कृषकको आम्दानी बढाउनको कफी खेती गर्ने कृषकलाई तालिम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना र मुसिकोट नगरपालिकाको समन्वयमा कफी उद्योग को विकास र प्रवर्द्धन का लागि तालिम प्राविधिमा सहयोग कार्यक्रम अन्तर्गत कफी खेती गर्ने कृषकलाई तालिम प्रदान गरिएको हो । कफी खेतीको सम्भाव्यतालाई मध्यनजर गर्दै नगरपालिकाको वडानम्बर २, ३, ४ वडाका २२ जना किसानलाई १५ दिनसम्म कफी खेती सम्बन्धी तालिम दिइएको थियो।
किसानलाई कफीको बिरुवा रोप्नेदेखि उत्पादन गरेर खाने सम्मको विधिबारे जानकारी दिइएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताए । तालिमले गर्दा कफी खेती गर्न धेरै सहज भएको सहभागी मनकुमारी खत्रीले बताइन ।
उनलेतालिम पहिले कफी खेती पनि किन गर्ने भन्ने प्रश्न हटेर अहिले कफी लगाउने मनस्थितिमा पुगेको खत्रीले बताइन । किसानलाई कफीको नर्सरी उत्पादन गर्ने, बीउ छर्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, हाँगा काँटछाँट गर्ने, बढी फल फलाउने, टिप्ने, बोक्रा छोडाउने, सुकाउने, पिस्नेदेखि बजार व्यवस्थापनबारे पूर्व बालि संरक्षण अधिकृत हरिप्रसाद खनाल र नगरपालिकाका कृषि शाखाका नारायणी गौतम तालिम प्रदान गरेका थिए । तालिमको एक कार्यक्रमका बिच समापन गरिएको थियो । समापन कार्यक्रममा नगरका वडानम्बर २, ३, ४ का वडाअध्यक्षले आउदो बजेटमा कफी खेती बारेमा विभिन्न कार्यक्रम समावेश गर्ने प्रतिबद्धता जायर गरे ।
कार्यक्रममा प्रमुख कोष तथा लेखा नियन्त्रक हरिहर शर्मा तिवारीले जहाँ जे सम्भावना हुन्छ तेहि खेती गर्न कृषकलाई आग्रह गरे । तालिमबाट सिकेका सिपलाई व्यवहारमा लागू गरेर प्रतिफल लिन सकिने बताए । जिल्ला सहकारी संघ गुल्मीका उपाध्यक्ष सोमनाथ सापकोटा आजैदेखि कफी खेती मा लाग्न कृषकलाई आग्रह गरे । उचित ठाउँ अनुसार कफी लगाउन सकेपछि यसबाट दिर्घकालीन रुपमा फाइदा लिन सकिन सकिने उनले शुल्झाए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार गुल्मीको मुसिकोट नगरपालिकाको आँपचौरनिवासी हीरा गिरीले १९९५ सालमा बर्माबाट कफीको बिरुवा ल्याएर पारिवारिक खेतीको सुरुवात गरेको इतिहास हाम्रो माझ रहि आएको छ । कफीको जननी मुसिकोट नगरपालिकाले ‘कफी रोपौँ आम्दानी बढाऔँ’ भन्ने नीति नै बनाएर कार्यक्रम अगाडी सारेको छ । कफी कृषकलाई विरुवा रोपर्णदेखि उद्योग स्थापना सम्म सहयोग गर्ने मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले बताए । उनले पछिल्लो समय कफी खेती गर्ने कृषक नहुँदा समस्या रहेको खरेलले बताए । बुझेका काम गरौ नगरप्रमुख खरेलले भने , ‘राज्यको तर्फबाट सहयोग हुन्छ’ । कार्यक्रम छ बजेट छ काम गर्ने मान्छे को कमि छ उनले भने, ‘स्थानीय सरकार हरदम साथमा’ नगरप्रमुख खरेलले भने, ‘कफीको माग अत्यन्तै बढी छ, यसको बजार दिर्घकालिन छ, तयारीका साथ लगाऔ ।’
गुल्मीको कफी विश्वमा सबैभन्दा धेरै आयातकर्ता युरोपेली संघ, बेलायत, अमेरिका, जापान, रसिया र स्विट्जरल्यान्ड हुन् । यसमध्ये गुल्मीको कफी ०५४ देखि नै जापानमा निर्यात भइरहेको छ । बिदेशी मुलुमा कफीको माग धेरै छ । तर कफी उत्पादन घट्दै गएको छ ।
१५ हजार कफी लगाइने
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर २, ३, ४ वडामा १५ हजार कफीका विरुवा लगाइने भएको छ । तालिम समापन कार्यक्रममा वडाका जनप्रतिनिधी र तालिममा सहभागी कृषकले आउदो वर्षातको समयमा प्रत्येक वडामा ५ हजारका दरले कफीका विरुवा लगाउने प्रतिबद्धता जनाएका हुन् ।
मुसिकोट नगरपालिकाले ‘कफी रोपौँ आम्दानी बढाऔँ’ अभियान सुरु गरेर एक सय बोट कफी रोप्ने किसानलाई १० हजार अनुदान र सहुलियत कर्जाका लागि पहल गर्दै आएको छ । कफीको जननी मानिएको गुल्मीमा अहिले साना–ठूला सयौँ बगैँचा छन् । गुल्मीमा कफीको व्यवसायिक उत्पादन गर्न ०४२ मा कफी विकास केन्द्र स्थापना गरिएको थियो । गुल्मी जिल्लामा वार्षिक ३५ मेट्रिकटन कफी उत्पादन हुँदा एक करोड रुपैयाँभन्दा बढी रकमको विदेशमा निर्यात हुँदै आएको छ ।
जिल्ला भर तीन हजारभन्दा बढी किसान व्यावसायिक कफी उत्पादनमा रहेको तथ्यांक छ । जिल्लामा कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन मार्फत ‘सुपर जोन’ कफी विकास बोर्ड, कफी अनुसन्धान कार्यक्रम र स्थानीय तहले कफी उत्पादन बढाउन करोडौं लगानी गरेका छन् । तर लगानी अनुरुप प्रतिफल हुन सकेको छैन् । कफीमा लाग्ने. सेतो गवारोले कृषकलाई सताइरहेको छ । जसले गर्दा यसखेती तर्फ कृषकको आर्कषण घट्दो छ । तालिम समापन कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, स्थानीय जनप्रतिनिधि, कृषक, लगायतको सहभागिता रहेको थियो ।
तालिम सहजीकरणको सहयोग साना किसान वडागाउँले गरेको थियो । तालिम समापन कार्यक्रममा सहिभागितालाई प्रमाणपत्रले सम्मान गरिएको थियो । समापन कार्यक्रमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालयका मिलन भण्डारीले गरेका थिए ।