गुल्मी । गुल्मीको रेसुङ्गामा गाे संरक्षणका लागि ‘गाे महाेत्सव’ आयोजना हुँदैछ । रेसुङ्गाकाे चाैतारा स्थित गाेशालामा कार्तिक ८ देखि १६ गतेसम्म रेसुङ्गा संरक्षण समितिले उक्त महाेत्सव संचालन गर्दैछ । रेसुङ्गा संरक्षण समिति गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार, गाे संरक्षणका लागि रेसुङ्गा गाेशालामा गाेकथा, श्रीमद्भागवत पाठपारायण तथा कथा प्रवचन (ज्ञान महायज्ञ) एवं राधाकृष्ण मन्दिरकाे उद्घाटन कार्यक्रम हुनेछ । अपूर्व गाेकथा, गा्पूजन, गाेपरिक्रमा, गाेग्रास समर्पण, गाेसंग्रह, गाेसंरक्षण, गाेदान, गाेवर्धन पूजनाेत्सव, भजन-कीर्तनका साथै श्रीमद्भागवतकाे कथा वाचन लगायतका कार्यक्रम हुनेछन् । हाल रेसुङ्गा गाेशालामा एक सय ५० भन्दा बढीकाे संख्यामा गाेहरू [गाई र गाेरु] रहेका छन् । अधिकतम खर्च पाँच लाख रुपैयाँ अनुमान गरिएको यो महाेत्सवमा एक करोड रुपैयाँ बराबरको अक्षयकाेष स्थापना गर्ने रेसुङ्गा संरक्षण समितिकाे अपेक्षा छ । उक्त अक्षयकोषबाट गाेहरूकाे संरक्षण गरिनेछ । गाेशालामा गाेबर र मूत्र प्रशाेधन मेसिन, घाँस काट्ने मेसिन र मल बनाउने मेसिन खरिद गरेर थप व्यवस्थित गर्ने आयाेजक समितिकाे तयारी छ । खर्च व्यवस्थापनका लागि आयाेजक समितिले मूल आयाेजक समिति गठन गरेर व्यक्ति व्यक्ति बाट सहयोग उठाएर जाेहाे गर्ने तयारी छ । यद्यपि कसैले व्यक्तिगत रुपमा एकमुष्ट सहयोग गर्न चाहेमा खर्च व्यवस्थापन हुने रेसुङ्गा संरक्षण समितिले जनाएको छ । शुक्रबार रेसुङ्गा संरक्षण समितिले सहिदचाेक स्थित आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गर्दै उक्त महाेत्सव सम्बन्धी जानकारी गराएको थियो । समिति अहिले गाे महाेत्सवकाे अन्तिम तयारीमा रहेको छ ।
तपाईंको प्रतिक्रिया
-
Live Gulmi का संचालक तथा सम्पादक हरेका सन्तोष महतारा नेपाल पत्रकार महासंघ गुल्मीका सचिव हुन् । उनी राष्ट्रिय समाचार समिति (रासस) र कारोबार राष्ट्रिय दैनिकको संवाददाता हुन् ।लेखक द्वारा अन्य