गुल्मी । गुल्मीदरबारमा राष्ट्रपति रनिङ शिल्डकाे उपाधि रुन्खादह माविले जितेेकाे छ । गाउँपालिकाले आयोजना गरेको छैटौं पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे उपाधि रुन्खादह माविले जितेकाे हो । गत बिहिबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरि विभिन्न बिधामा संचालन भएको उक्त राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १४ स्वर्ण, ११ रजत र २ कास्य गरि कुल २७ पदक सहित श्री रुन्खादह माध्यमिक विद्यालयले यस बर्षको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी चुम्न सफल भएको हो । यसै गरि ९ स्वर्ण ८ रजत र १ कास्य गरि कुल १८ पदक सहित श्री सुर्योदय माध्यमिक विद्यालय द्वितीय र ९ स्वर्ण ५ रजत र ३ कास्य गरि कुल १७ पदक सहित श्री इश्वरी माध्यमिक विद्यालय तृतीय भएका छन् । यसै गरि १२/१२ पदक सहित शारदा माध्यमिक विद्यालय र थाक्सीपोखरा माध्यामिक विद्यालय चौथो स्थानमा रहन सफल भएका हुन् । समापन समारोहलाई सम्बोधन गर्दै गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले खेलकुद र खेलाडी प्रती आफू सधै सकारात्मक रहेको र आगामी बर्ष अलिक बढी बजेट छुट्टाउने वचन दिए । साथै गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सफल बनाउन अहोरात खटने गुल्मीदरबार गाउँपालिकाको खेलकुद समिति लगायत सबैमा हार्दिक आभार ब्याक्त गरे ।
तपाईंको प्रतिक्रिया
ताजा अपडेट
- १. गुल्मीका मित्रलाल नेपालीले पहिलो प्रयासमै गरे ‘चुलु हिमाल’को सफल आरोहण
- २. तुफानको विविध खेलकुद तथा साँस्कृतिक भव्य बन्यो
- ३. गुल्मीको मालिका दर्लिङ्गमा १८ औँ वार्षिकोत्सव तथा एकादशी मेला-२०८३सञ्चालन हुँदै
- ४. इस्मा गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच सम्झौतापत्रमा हस्ताक्षर
- ५. गुल्मीमा शिव दर्शन भलिबलको उपाधि गुन्धारालाई








