गुल्मीमा खोलाले बगाएर बेपत्ता भएका कार्की पाँच दिनपछि मृत फेला



टाेपलाल अर्याल


गुल्मी । गुल्मीको निस्ती खोलामा पाँच दिनदेखि बेपत्ता एक व्यक्ति मृत फेला परेका छन् । मुसिकोट नगरपालिका– १ का ३१ वर्षीय बोमबहादुर कार्की बिहीबार दोभानमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलका अनुसार उनी साउन ५ गते मुसिकोट नगरपालिका– २ स्थित मामाघरको खेतमा पुगेर फर्किँदै गर्दा खोलाले बगाएर बेपत्ता भएका थिए ।

Jeewan and Rajan Tailors

मामाघरमा बस्दै आएका कार्की सुस्तमनस्थितिका थिए। आज अबेर शव फेला परेर पहिचान भएकाले पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याउने तयारी भएको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया