रेसुंगा नगरपालिकाका प्रत्येक वडामा १० जना विपद् स्वयंसेवक राखिने



टाेपलाल अर्याल


गुल्मी । रेसुंगा नगरपालिकाले घटना घट्ने वित्तिकै घटनास्थलमा पुगेर राहत तथा उद्धारमा सहयोग पुराउने उदेश्यले बिपद् स्ंयमसेवक तयार गर्ने भएको छ । बैदेशिक रोजगारीको कारण गाउँमा युवाहरुको संख्या निकै कम हुँदै गएको छ ।                                                                       बिपद्मा शहरदेखि गाउँसम्म बिपद्का घटना हुँदा सुरक्षाकर्मीहरुकै प्रतिक्षा गर्नु पर्दा मान्छेको ज्यान समेत जान सक्छ । सहयोग गर्नको लागि गाउँमा तालिमप्राप्त जनशक्ति पनि छैनन् । जसका कारण बिपद्को बेला उद्धार र व्यावस्थापनमा सहयोग पुराउने उदेश्यले प्रत्येक वडामा १० जना बिपद् स्वयसेवक तयार गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । नगर सभामा मेयर खिलध्वज पन्थीले पेश गरेको नीति तथा कार्यक्रममा आपतकालीन कार्य सञ्चालन केन्द्र मार्फत् आवश्यक सामग्री व्यवस्थापन गरी प्राकृतिक प्रकोपको लागि पूर्व तयारी गर्ने र प्रत्येक वडामा १० जना विपद् स्वयंसेवक नियुक्त गरेर बिपद् व्यावस्थापन सम्बन्धि तालिम प्रदान गर्ने उल्लेख छ ।                                                                         यो निर्णय स्थानीय तहमा निकै आवश्यक र उदाहरणीय छ । नगरले अल्पकालीन राहत तथा उद्दारको योजना निर्माण गर्ने, दमकल तथा एम्बुलेन्सको सहज पहुँचको व्यवस्था मिलाउने, विपद् जोखिम क्षेत्र पहिचान, नक्साङ्कनलाई पुनरावलोकन गरी कार्यान्वयनमा ल्याउने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापनसँग सम्बन्धित कानून निर्माण गरी कार्यान्वयनमा ल्याउने, मनसुनजन्य विपदमा परी घरबारविहीन नागरिकहरूको आवास निर्माण संघ, प्रदेश तथा नगरपालिकाको लागत सहभागितामा गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया