हेल्प फर नेपाल संघ दिल्लीद्धारा इस्माका अग्नीपीडितलाई सहयोग



टाेपलाल अर्याल


गुल्मी । हेल्फ फर नेपाल संघ दिल्लीले इस्माका अग्नीपीडितहरुलाई एक लाख बराबरको दैनिक उपभाग्य सामग्रीहरु प्रदान गरको छ । बैशाख दोस्रो साता इस्मा भएका आगलागी र त्यसबाट घरगोठ गुमाएका पीडित परिवारलाई सहयोग गर्न भारतमा संस्थाले राहत संकलन अभियान संचालन गरेको थियो । सोहि अभियानबाट संकलित रकमबाट अग्नीपीडित परिवारलाई आवश्यक सामग्री प्रदान गरिएको संस्थाका सचिव अर्जुन बिष्टले बताए । अभियानमा अधिकांश गुल्मेलीले सहयोग गरेका छन् । सामग्री प्रदान गर्न इस्माकै युवा खिम अधिकारी र चन्द्र बिष्टलाई प्रतिनिधीको रुपमा खटाइएको बिष्टले बताए । सहजीकरण गरिरहेका अधिकारीका अनुसार २८ बोरा चामल, २८ गाग्री र एक सेट ग्यास चुलो प्रदान गरिएको छ । आगलागीबाट बढि प्रभावित इस्मा गाउँपालिका १ मा एक जना पीडितलाई एक सेट ग्यासचुलोसहित प्रत्येकलाई एक बोरा गाग्री र चामल प्रदान गरिएको थियो । कोटकोटेरी र मड्किनाका १० जना पीडित परिवारलाई एक बोरा चामल र गाग्री तथा अम्मरपुरका दुई परिवारलाई सोहि सहयोग गरिएको अधिकारीले बताए । सस्थाका प्रतिनिधी समेत रहेका चन्द्र बिष्टले सहजीकरणससहित सदरमुकामदेखि प्रभावित स्थलसम्म राहत ढुवानीमा सहयोग गरेका थिए । इस्मा गाउँपालिकाका पुर्व वडाध्यक्ष गनुप्रसाद अधिकारी अधिकारीसहितको टोलीले राहत सामग्री सम्बन्धित वडाका वडाध्यक्ष र सरोकारवालाको उपस्थितीमा पीडितलाई प्रदान गरेका थिए । संघका अध्यक्ष गोकर्णराज बस्नेत, पुर्व अध्यक्ष रामचन्द्र खड्का, उपाध्यक्ष विष्णु बिष्ट र सचिव अर्जुन बिष्ट लगायतले नेतृत्व गरेर सहयोग संकलन गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया