गुल्मी । नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ शाखाले दुई पालिकाका अग्नीपीडितलाई सहयोग गरेका छन । सोसाइटीले इस्मा र मुसिकोटका अग्नीपीडितलाई नगद २० हजार दुई सय २० रुपैयाँ का दरले प्रदान गरेको सहसचिव महेन्द्र घिमिरेले बताए । सोसाइटीले सभापति मदन घिमिरे सचीव बोम छन्तेल, कोषाध्यक्ष यम बहादुर घिमिरे, ससचिव महेन्द्र घिमिरे सह-कोसाध्यक्ष सुमेन्द्र सिह र सदस्य महेन्द्र सिह ठकुरीको टोलीले सहयोग प्रदान गरेको हो । टोलीले इस्मामा इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुवर र मुसिकोटमा नगर उपप्रमुखलाई सहयोग हस्तान्तरण गरेका थिए । बैशाख ८ को आगोले इस्माका करिब डेढ सय घरगोठ जलेर नस्ट भएका छन ।
तपाईंको प्रतिक्रिया
-
अर्याल नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष हुन् । उनी नयाँ पत्रिका गुल्मीका संवाददाता हुन् ।लेखक द्वारा अन्य