अग्नीपीडितको सहयोगमा जुट्यो गुल्मेली समाज जापान



टाेपलाल अर्याल


गुल्मी । गुल्मेली समाज जापान सधै गुल्मेलीको दुखमा साथ बनिरहेको छ । भुकम्प, बाढीपहिरो र कोभिडदेखि अग्नीपीडितको राहतमा समाजले खेलेको भूमिका निकै अनुकरणीय रहेको छ । अहिले पनि गुल्मेली समाज जापान जिल्लाका अग्नीपीडितको लागि परदेशमै सहयोग संकलन अभियानमा जुटिरहेको गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र अधिकारीले बताए ।                                                                                 उनले गुल्मेली अग्नीपीडितको बिचल्ली देखेर आफुहरु सहयोग संकलनमा जुटेको बताए । अध्यक्ष अधिकारी आफैले ५० हजार सहयोग गरेर अभियानको शुभारम्भ गरेका छन् । जिल्लाको बिपद्मा स्वदेश तथा परदेशमा रहेका संघसंस्थाहरुले देखाएको तत्परता र सदासयता गुल्मेली नागरिकको लागि ज्यादै खुसीको कुरा बनिरहेको छ । समाजले आफुहरुको अभियान १५ दिन जारी रहने भएकाले सवैलाई सहयोग गर्न आग्रह गरेको छ । अहिलेसम्म दुई लाख बढि सहयोग संकलन भइसकेको छ । समाजका प्रवक्ता दिलिप थापाद्धारा हस्ताक्षरित बिज्ञिप्ती मार्फत सार्वजनिक रुपमा स्वतस्फूर्त सहयोगको अपिल गरिएको छ ।                                                                                                  अहिलेसम्म प्राप्त सहयोग
महेन्द्र कुमार अधीकारी ५० हजार, दिपक कण्डेल र फर्शुराम न्यौपाने ५० हजार, कामना भण्डारी २० हजार, निशान जिसी १० हजार, दिलीप थापा १० हजार, दिपेन्द्र केसी १० हजार, कृष्ण पोख्रेल बाबु १० हजार, लक्ष्मण बस्नेत १० हजार, ईन्द्र थापा १० हजार, शिब प्रसाद खरेल १० हजार, कुल बहादुर पोख्रेल १० हजार, लक्ष्मी केसी महर्जन १० हजार, १३, अर्जुन रायमाझी ५ हजार, नारायण पोख्रेल ५ हजार, महेन्द्र घिमिरे १० हजार, सुदिप सापकोटा २० हजार, सुमन अर्याल ५ हजार, प्रेमलाल पाण्डेय २ हजार, लक्ष्मण भट्राई ५ हजार, नेत्रप्रसाद पाण्डेय १० हजार, होमलाल सापकोटा ५ हजार, टुकराज घिमिरे ५ हजार र अर्जुन केसीले १० हजार पदान गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया