करोडौंको रेसुङ्गा पार्क आगलागीबाट उच्च जोखिममा



टाेपलाल अर्याल


गुल्मी । रेसुंगा क्षेत्रमा आगलागी हुँदा करोडौको रेसुङा पार्क जोखिममा परेको छ । बिहानबाट गर्जुरा क्षेत्रमा आगलागी भएका कारण पार्क जोखिममा परेको छ ।
पार्क नजिकैको सल्लेरीबाट भिषण आगो पार्क नजिकै पुगेको छ । रेसुङा पार्क तीन दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पाँच करोड ५९ लाख ५३ हजारको लागतमा पार्क क्षेत्रभित्र भ्युटावर, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पोर्ट, दुई शौचालय, प्रशासकीय भवन, टिकट काउन्टर र पुलसहितको पोखरी लगायतका संरचना निर्माण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले पार्क सुरक्षित गर्न सुरक्षाकर्मी परिचालन हुने बताए । रेसुंगा नगरपालिकाको दमकल भर्खरै गर्जुरा क्षेत्रमा गएको छ । तर, ठुलो सुल्लेरी, आगो ठूलो र दमकल पुग्ने तम्घासतिरको भागमा सडक नभएकाले नियन्त्रणमा समस्या रहेको सुरक्षाकर्मीहरुको भनाई छ । २१ चैतमा पनि रेसुंगा क्षेत्रमा आगलागी भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया