लुम्बिनीका लोकतान्त्रिक आदिवासी जनजाती तम्घासमा भेला हुदै



टाेपलाल अर्याल


गुल्मी । गुल्मीमा हुने लोकतान्त्रिक आदिवासी जनजाति महासघ लुम्बिनी प्रदेश कमिटीको अधिबेशनको सम्पुर्ण तयारी पूरा भएको छ । शनिबार र आइतबार अधिबेशन हुनेछ । बाल मन्दिरमा उद्घाटन र एभरग्रीन होटलमा बन्दसत्रका कार्यक्रम तय गरिएको लोकतान्त्रिक आदिवासी जनजाती महासघ लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बालसिह काउछाले जानकारी दिए ।

काउछाका अनुसार ११ जिल्लाका प्रतिनिधि गुल्मी आउने क्रम जारी छ । अधिबेशनमा करिब एक सय ६० प्रतिनिधि सहभागी हुनेछन । अधिबेशनको लागि नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष तथा पुर्व मन्त्री राम बहादुर थापा बादल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य सुर्य थापा, केन्द्रिय सदस्य दिनेश पन्थी, गणेश खनाल लगायतका नेता तम्घास आइसकेका छन् ।

पत्रकार सम्मेलनमा के भने बादल

Jeewan and Rajan Tailors

नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व मन्त्री राम बहादुर थापा बादलले अस्थिर प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाउन नेकपा एमालेले कोसिस गर्ने र मोर्चा टिकाउने बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल गुल्मीको आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले प्रचण्डको अस्थिर प्रवृत्ति स्थापित भैसकेकोले श्रमजीवी बर्गको सबैभन्दा ठूलो पार्टी एमालेले प्रचण्ड प्रवृत्ति सच्याउदै अहिलेको गठबन्धन अगाडी बढाउने बताए । श्रमजीवी कम्युनिस्ट र पुजीपति काङ्ग्रेसबिचको शक्ति र सत्ताको लडाइँमा अस्थिर कम्युनिस्ट शक्तिलाई हातमा लिन काङ्ग्रेसले अनेक जालझेल गरिएको बतए ।

The Star Family Restaurant

उनले अहिलेको सरकारलाई चुनौती र काम गर्ने अवसर दुबै भएकाले साझा न्युनतम कार्यक्रम मार्फत देशमा देखिएका संकटहरुको समाधान गर्दै लैजाने बताए । लोकतान्त्रिक आदिवासी जनजाति महासघ लुम्बिनी प्रदेशको अधिबेशन उद्घाटनको क्रममा गुल्मी आएका थापाले बिगतको अबस्थाको आधारमा सरकार नफुट्ला भन्न पनि नसकिने बताए । आफुहरुले गठबन्धन फुटालेपछी अरुले नफुटाउलान भन्ने सक्ने अबस्था नभएकाले मोर्चा सुदृढीकरण गर्दै लैजाने स्पष्ट पारे । आफुहरु जिल्ला अधिबेशन र उपनिर्वाचनमा केन्द्रित भएको समेत बादलले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया