मगर दिवसमा शैक्षिक व्यक्तित्व थापासहित दुई डाक्टर सम्मानित



टाेपलाल अर्याल


गुल्मी । गुल्मीमा ४२ औँ मगर संघ स्थापना एवं मगर एकता दिवसको अवसरमा तीन जना बिशेष व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । नेपाल मगर महिला संघ गुल्मीले लामो समय शिक्षा क्षेत्रको विकास र सामाजिक क्षेत्रमा बिशेष योगदान पुराएका तिल बहादुर थापालाई सम्मान गरेको हो । सिद्ध बाबा मावि बिद्यालय व्यावस्थापन समिति अध्यक्ष समेत रहेका थापाले बिद्यालय स्थापनादेखि अहिलेको अवस्थासम्म ल्याउन ठुलो योगदान गरेका छन् । त्यस्तै गुल्मी अस्पताल तम्घासमा कार्यरत डाक्टर सोफिया थापा र गुल्मी मोडल अस्पताल एवं शुभलक्ष्मी क्लिनीकमा कार्यरत डाक्टर अमर पहराईलाई सम्मान गरिएको हो ।

यो बर्षको ४२ औँ मगर संघ स्थापना दिवस एवं मगर एकता दिवस मुल नारा ‘संस्कृति संरक्षण सम्बद्र्धनमा मगरहरूको मूलतन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने थियो । सदरमुकाम तम्घासमा आयोजना गरिएको नगर स्तरिय कार्यक्रममा मगर परिकारहरु बिरम्ला, हुरहुरे जाँड, सुँगुरको मासु, ढीडो, कोदोको रक्सी, सिस्नो, बटुक रोटी, सेलरोटी, आलुको अचार, कोदोको रोटी, मकैको आटो, फापरको फुरौला, कुखुराको मासु प्रर्दशनीमा राखिएको थियो । त्यस्तै धुर्कोट गाउँपालिका –१ स्थित जनजाती नौमती बाजा महिला समुहले नौमती बाजा, रेसुंगा नगरपालिका–११ को प्रख्यात कालिका नाँच, सोरठी, लाखे लगायत मगर संकृति झल्किने नृत्यहरु प्रस्तुत भएका थिए ।

Jeewan and Rajan Tailors

नेपाल मगर महिला संघ गुल्मीका अध्यक्ष सीता थापाको अध्यक्षता रहेको कार्यक्रममा पुर्व संविधानसभा सदस्य दिलशोभा पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रेसुंगा नगरपालिका वडा नं ८ का वडाध्यक्ष निरञ्जन थापा, मगर संघका नेताहरु श्रीप्रसाद भलामी, रनमाया पुन, बालसिंह काउछा, अधिवक्ता बिष्णु बलाल, रेसुंगा नगरपालिकाका सामाजिक विकास समिति संयोजक लिलाधर आचार्य, उपप्रमुख अमृता देवि कुवंर र प्रमुख अथिती पुनले आफ्नो भनाई राखेका थिए । साथै कार्यक्रममा गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरे लगायत सुरक्षा निकायका प्रमुखहरु, विभिन्न वडाका प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

The Star Family Restaurant

कार्यक्रमको सञ्चालन शारदा मगर नेतृहरु मिना घर्ती र शारदा भलामीले गरेका थिए । मगर संघले दिवसकै पुर्व सन्ध्यामा बिहान गुल्मी अस्पताल तम्घासका बिरामीहरुलाई फलफुल वितरण गरेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया