गुल्मीमा क्यान्सर बारे बिद्यार्थीहरुलाई अभिमुखिकरण



टाेपलाल अर्याल


गुल्मी । अन्तराष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको अवसरमा बिद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको छ । गुल्मी अस्पताल तम्घासको आयोजना र काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओज) को आर्थिक सहयोगमा सिद्धबाबा माविमा रेसुंगा नगरभित्रका १० बिद्यालयका बिद्यार्थी र बिषय शिक्षकलाई बाल्यकाल क्यान्सरको बारेमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गुल्मी अस्पताल तम्घासका प्रमुख बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडे र मेडिकल अधिकृत बिजय पाण्डेले नसर्ने रोगहरुबाट बच्ने उपाय र उपचारका बारेमा सहभागीहरुलाई अभिमुखिकरण गरेका थिए । कार्यक्रममा बोल्दै रेसुंगा नगरपालिका वडा नं ८ का वडाध्यक्ष निरञ्जन थापाले आफुहरुको वडामा मात्रै १७ जना मुटु, मृगौला र क्यान्सर लगायतका नसर्ने रोगबाट पीडितहरु रहेकाले समयमै सचेत नभए ज्यान र धन नरहने अवस्था रहेको बताए ।

Jeewan and Rajan Tailors

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले देशभर नसर्ने रोगहरुको अवस्था बिकराल बन्दै गएकाले तीनै तहका सरकारले संवेदनशिल बन्नुपर्ने बताए । गुल्मी अस्पताल तम्घास, अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेयले नसर्ने रोग र गुल्मी अस्पतालबाट प्रबाह हुने सेवाको बारेमा आम नागरिकलाई सचेत बनाउनुपर्नेमा जोड दिए ।

The Star Family Restaurant

गुल्मीमा नसर्ने रोगको लागि पेनप्लस क्लीनिक सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरुका लागि क्लनीनिकबाट सेवा उपलब्ध हुनेछ । नेपाल सरकार र काठमाण्डौ इन्टिच्युटड अफ चाइल्ड हेल्थले पेनप्सल परियोजना मार्फत पाइलेटिङ्ग प्रोजेक्टका रुपमा काम गरिहरेको छ । पेनप्लस क्लीनिकमा मेडिकल अधिकृत, हेल्थ असिस्टेन र स्टाफ नर्स मार्फत निशुल्क रुपमा सेवा प्रवाहको व्यावस्था मिलाइएको काठमाण्डौ इन्टिच्युटड अफ चाइल्ड हेल्थले संचालन गरेको पेनप्सल परियोजनाको कार्यक्रम अधिकृत रेनुका थामीले जानकारी दिइन् ।

अस्पतालमा उपचारसंगै समुदाय स्तरमा सचेतना मार्फत नसर्ने रोगको समस्या न्यूनिकरण गर्ने काम अहिले भइरहेको छ । थामीले परियोजनाको बारेमा जानकारी गराउँदै क्लीनिक संचालनसंगै अति गरीब र विपन्न नागरिकहरुका लागि निशुल्क स्वास्थ्य विमा गर्ने, विमा रकम बाहेक ठुला रोगका बिरामीको शल्यक्रिया गर्नु परेमा सबै खर्च व्यहोरेर उपचार गर्ने ब्यवस्था समेत रहेको परियोजनाको कार्यक्रम अधिकृत थामीले जानकारी दिइन् । कार्यक्रमको सहजीकरण गुल्मी अस्पतालका जनस्वास्थ्य निरिक्षक बोम अर्यालले गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया