बिद्यार्थीलाई परम्परागत कला संस्कृति, खाना र प्रविधि सिकाउँदै रिडर्स



टाेपलाल अर्याल


गुल्मी । गुल्मीको रिर्डस पब्लिक हाइस्कुलले बिद्यार्थीलाई परम्परागत कला संस्कृति, खाना र प्रविधि सिकाउन महोत्सवको आयोजना गरेको छ । रिर्डसले खाना महोत्सव लामो सयमदेखि गर्दै आएको छ । तर, यो बर्षबाट परम्परागत प्रविधी र कला संस्कृतिहरुको प्रर्दशनीलाई प्रवेश गराएको रिर्डस पब्लिक हाइस्कुलका प्रिन्सीपल श्रीप्रसाद भलामीले जानकारी दिए ।

धेरै जस्तो बिद्यार्थीहरुको बिषयसंग सम्बन्धित कुराहरुनै कला मार्फत प्रर्दशन गरिएको भलामीले बताए । कला संस्कृति, खाना र प्रविधि महोत्सवको रेसुंगा नगरपालिका ८ का वडाध्यक्ष निरञ्जन थापाले गरेका थिए । उनले महोत्सवलाई संबोधन गर्दै बालबालिकालाई स्कुले उमेरबाटै परम्परागत कला संस्कृति, खाना र प्रविधिको बारेमा जानकार बनाउने उदेश्यले रिर्डसले आयोजना गरिएको कार्यक्रम निकै प्रभावकारी भएको प्रतिक्रिया दिए । उनले बिद्यालयहरुले सैद्धान्तिक बिषयलाई मात्रै प्राथमिकता दिने भएकाले बिद्यार्थीले किताबमा पढेपनि व्यावहारमा अनबिज्ञ बन्ने अवस्था रहेकाले उनीहरुलाईनै सहभागी गराएर आयोजना गरिने काम, सीप र संस्कार आवश्यक रहेको बताए ।

Jeewan and Rajan Tailors

कार्यक्रममा मारुनी, सोरठी, चुट्का, भजन, तीज, कौडा, मैथली, तामाङ्गसेलो लगायत गुल्मीसहित नेपालका पुर्वपश्चिम र उत्तरदक्षिणका कला संस्कृति, भेषभुषासहितका नृत्य, विभिन्न प्रकारका खानाहरुको प्रर्दशनी गरिएको थियो । साथै ढिँकी, झाँतो, मदाने, ठेकी, कोल, सेउ, हलोजुवा लगायतका प्रविधी र सामग्रीहरुको प्रर्दशनी गरिएको रिर्डस पब्लिक हाइस्कुलका शिक्षक पुस्कर खड्काले जानकारी दिए । नृत्य र प्रविधि निर्माणमा बिद्यार्थी आफै सहभागी र परम्परागत सामग्रीहरु हेरेर ज्ञान प्राप्त गर्ने अवसर महोत्सवले दिएको खड्काले बताए ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया