प्याबसन गुल्मीको २२ औं साधारण सभा, ११ योजना निर्माण



टाेपलाल अर्याल


गुल्मी । प्याबसन गुल्मीको औं साधारण सभा तम्घासमा सम्पन्न भएको छ । साधारण सभाको जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण बहादुर खत्रीले गरेका थिए ।

साधारण सभालाई संबोधन गर्दै खत्रीले प्रतिस्प्रर्धामा आफुलाई अब्बल सावित गराउन संस्थागत बिद्यालयहरुलाई आग्रह गरे । उनले कोभिडपछि देखिएको आर्थिक संकट र बसाईसराइले सामुदायिक र सस्थागत बिद्यालयहरुमा बिद्यार्थी अड्याउन मुस्किल परेकाले एकले अर्कोलाई गालीभन्दा सेवामा गुणस्तरियता अभिवृद्धि गरेर लैजानुपर्नेमा जोड दिए । प्रतिस्प्रर्धाका कारण संस्थागत बिद्यालयका नजिकका सामुदायिक बिद्यालयहरु पनि अब्बल रहेकाले सरकारले नीजि बिद्यालयहरुलाई पनि हतोत्साहित नगरेर संगसंगै लैजानुपर्नेमा कुवंरले जोड दिए ।

Jeewan and Rajan Tailors

त्यस्तै इस्मा गाउँपालिकाका प्रमुख तथा प्याब्सन गुल्मीका पुर्व अध्यक्ष भगतसिंह खड्काले आफुले पालिकाका हरेक शैक्षिक गतिविधीमा संस्थागत बिद्यालयहरुलाई प्रतिनिधित्व गराउँदै आएको बताए । संस्थाका संस्थापक अध्यक्ष तथा मदाने गाउँपालिकाका पुर्व अध्यक्ष दान बहादुर केसीले देशमा जसले जे गरेपनि हुने प्रवृतिको विकास भएकाले कहिलेकाँही नेपालमा जन्मिएकोमै पश्च्याताप लाग्ने गरेको गुनासो गरे ।

The Star Family Restaurant

उनले संविधानमै नभएको कुरा बजारमा ल्याएर संस्थागत बिद्यालयहरु माथि धावा बोल्ने कामहरु पटकपटक भएकाले देशमा बिधीनै नभएको बताए । पुर्व अध्यक्ष श्रीप्रसाद भलामीले सरकारी कर्मचारी र जनप्रतिनिधीका छोराछोरीहरुले सरकारी बिद्यालयमा मात्रै पठाउने गरि गरिएका निर्णयहरु बालबालिकाको हित बिपरित भएको बताए ।

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत अमर केसीले संस्थागत कसैको जागिरका लागि मात्रै संचालन गर्न नहुने बताए । आफुहरुको अधिकार क्षेत्रभित्र एसइई परिक्षा र पाठ्यक्रमको बिषय मात्रै पर्ने भएकाले समन्वय भइरहेको बताउँदै संस्थागत बिद्यालयले समय अनुसार आफुलाई अब्बल बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गत बर्षको एसइई परिक्षामा ३.९ जिपिए प्राप्त गरेर संस्थागत बिद्यालय तर्फ प्रथम ब्रिलेण्ट युनाइटेड एकेडेमीका बिद्यार्थी साहिल बस्नेत र एकेडेमीलाई सम्मान गरिएको थियो । साहिलकी आमा खिमा बस्नेत र एकेडेमीका प्रिन्सिपल सन्तोष थापालाई प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण बहादुर खत्री र प्याब्सन गुल्मीका अध्यक्ष राजु कुवंरलले सम्मान गरेका थिए । प्याब्सन २०५८ सालमा स्थापना भएको हो । अहिले संस्थामा २६ बिद्यालय आवद्ध छन् ।

प्याब्सन गुल्मीलाई थप सुदृढिकरण र गतिशिल बनाउन शिक्षकहरुलाई बिशेष किसिमको कार्यशाला संचालन गर्ने, शैक्षिक क्यालेन्डर मार्फत शैक्षिक गतिविधी संचालन गर्ने, प्याब्सनमा आवद्ध संस्था प्रमुखको शैक्षिक अवलोकन भ्रमण, अतिरिक्त क्रियाकलाप संचालन, मनोसामाजिक परामर्शका तालिम, अन्तर बिद्यालय सहयोग र समन्वय तथा स्थानीय पालिकाहरुको समन्वयमा वेलफेयर कार्यक्रमहरु संचालन गर्ने प्याब्सन गुल्मीका अध्यक्ष राजु कुवंरले जानकारी दिए ।

साधारण सभाकै अवसरमा School audit and accounting workshops,School Software training र How to run school’ program सम्पन्न गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष कुवंरको अध्यक्षता, जिल्ला समन्वय प्रमुख खत्रीको प्रमुख आतिथ्यता, संस्थाका उपाध्यक्ष योजन केसीको स्वागत तथा कोषाध्यक्ष सन्तोष शर्माको संचालनमा सम्पन्न भएको थियो । संस्थाका सचिव देविराम पाण्डेयले सभामा संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया