नर्स बनाउने भनिएकी छोरी बनिन् ‘सेल्फी’ गायिका



janak


लक्ष्मी मल्ल ‘सेल्फी’ गायिका भनेर चिनिन्छिन् । पाँचवर्ष अगाडि ‘सेल्फी’ बोलको तीज गीतसँगै औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी लोकदोहोरी गायिका लक्ष्मीले छोटो अवधिमै आफूलाई सुमधुर स्वर भएकी गायिकाको रुपमा स्थापित गराइसकेकी छिन् ।

लक्ष्मी रामेछापकी हुन् । आमा–बुवाको सपना स्टाफ नर्स बनाउने थियो लक्ष्मीको भने गायिका बन्ने । सानैदेखि रेडियोमा गीत सुन्ने लक्ष्मी बढी प्रभावित गायक पाण्डव सुनुवारसँग थिइन् ।

Jeewan and Rajan Tailors

उनी भन्छिन्– म तीन दिदीको कान्छी बहिनी हुँ, बुवा–आमाले नर्स बन्नुपर्छ भन्नुहुन्थ्यो तर मेरो मन र रुचि भने गायनमा थियो । रेडियोमा पाण्डव सुनुवारका गीतहरु खुब सुन्थे । म पनि यस्तै गरेर रेडियो गीत बज्ने गायिका हुन पाए हुन्थ्यो सोच्थे ।’

The Star Family Restaurant

घरमा नर्स बन्नपर्छ भने पनि उनको रहरमा भने कहिल्यै रोकतोक भएन । उनका गीत बजारमा आएपछि सबैभन्दा खुशी आमा–बुवा र परिवार हुन्थे । उनी रामेछापबाट काठमडौं आएर दोहोरी प्रतियोगीतमा भाग लिन्थिन् । सबैले राम्रो भनिदिदा प्रेरणा सपना झन् थपिन्थ्यो ।

लोकदोहोरी प्रतियोगीतमा गीत गाउदै गर्दा उनको भेट भयो बागलुङका श्रीकृष्ण बम मल्लसँग । ०६२ सालमा लक्ष्मीको श्रीकृष्णसँग भेट भयो । लक्ष्मीले दोहोरी गाउथिन् संगै श्रीकृष्णले पनि गाउथे । सँगसँगै दोहोरी गाउनेक्रममा यी दुइको भेट भयो र विस्तारै एकअर्कालाई बुझ्दाबुझ्नै प्रेम सम्बन्धमा रहे र ०६३ सालमा विवाह बन्धनमा बाधिए ।

श्रीकृष्ण चलेका संगीतकार तथा गीतकार हुन् । बिहेपछि लक्ष्मीलाई आफ्नो रहर पूरा गर्न थप सपोर्ट मिल्यो । सांगीतिक पारिवारीकमा भित्रिएकी लक्ष्मी भन्छिन्, ‘मेरो श्रीमान, जेठाजु यहि क्षेत्रमा भएकोले मलाई धेरै सहज भयो । बिहे भएको केहि वर्ष घरपरिवारलाई समय दिए । विस्तारै अब गीत बजारमा ल्याउनपर्छ भन्ने भएर ०७२ सालमा ‘सेल्फी’ बोलको तीज गीत बजारमा ल्याए जुन गीतलाई दर्शकश्रोताले अत्यधिक माया गरिदिनुभयो । त्यहि कारण पनि मलाई आजसम्म निरन्तर रहन प्रेरणा मिलेको छ ।’

स्वदेशमा हुने मेला-महोत्सव लगायत विदेशमा हुने धेरै सांगीतिक कार्यक्रममा पनि सहभागी भइसकेकी छिन् । लक्ष्मी र श्रीकृष्णको १३ वर्षकी एक छोरी पनि छिन् । गायक तथा संगीतकार बसन्त थापाको पनि विशेष साथ पाएकी लक्ष्मीको पहिलो गीत ‘सेल्फी’, ‘लोभी आँखा’, ‘धरोधर्म मा लक्ष्मीसँग बसन्त थापाको स्वर रहेको छ ।

लक्ष्मीका ‘सेल्फी’, ‘लोभी आँखा’, ‘धरोधर्म विद्यानाश’, ‘ठेकी भित्र दहि छ’ लगायतका गीत छन् । करिव एक दर्जन गीतमा स्वर दिएकी लक्ष्मीको संख्यात्मक गीत कम भए पनि बजारमा आएका सबै गीतलाई दर्शकश्रोताले रुचाएका छन् अझैं केहि गीतहरु आउनेक्रममा छन् भने केहि दिन अघिमात्रै ‘डाँडाघरे साइँली’ बोलको मौलिक गीत बजारमा आएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया