भिटामिनको जथाभावी प्रयोगले मृगौलामा समस्या आउने चेतावनी



janak


काठमाडौं उपत्यकाका अधिकांश औषधि पसलहरुमा अहिले सबैभन्दा बढी बिक्री हुने औषधि भनेको भिटामिन सी र भिटामिन डी हो । कोरोनासँग लड्न प्रतिरक्षा प्रणाली  इम्युन सिस्टम  बलियो बनाउने भन्दै अहिले भिटामिन सी र भिटामिन डीको अत्यधिक बिक्री, वितरण र प्रयोग भइरहेको छ ।

तर, चिकित्सकको सल्लाहबिना जथाभावी भिटामिन डीको प्रयोग गर्दा यसले हड्डी दुखाउनेदेखि मिर्गौला ड्यामेज गर्नेसम्मको असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् ।

Jeewan and Rajan Tailors

भिटामिन सी र भिटामिन डी दुबैले इम्युनिटी बढाउने भए पनि शरीरमा यसको मात्रा बढी भएको अवस्थामा यसले झनै घातक असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् ।

शरीरमा भिटामिन सीको मात्रा बढी हुँदा दिसाब पिसाब बाट बाहिर जाने भएकाले केही असर नगर्ने तर भिटामिन डीको मात्रा बढी भएमा शरीरमा नै बसिरहने भएकाले यसले मिर्गौला बिगार्नेदेखि हड्डी दुखाउनेसम्म असर गर्ने चिकित्सकको भनाइ छ ।

वीर अस्पतालका जनरल फिजिसियन प्राध्यापक डाक्टर विधाननिधि पौडेल शरीरमा भिटामिन डीको मात्रा बढी भएमा रगतमा क्याल्सियमको मात्रा बढ्न गई वाकवाकी लाग्ने, वान्ता हुने, कमजोर महसुश हुने र बारम्बार पिसाब लाग्ने हुन सक्छ । शरीरमा भिटामिन डीको मात्रा बढी भएको अवस्थामा हड्डी तथा जोर्नी दुख्ने, मिर्गौलामा पत्थरी हुने र मिर्गौला नै ड्यामेज पार्नेसम्मको समस्या हुन सक्छ ।

पौडेलका अनुसार अहिले धेरै मानिसहरुमा भिटामिन डीको कमी देखिएको भए पनि जथाभावी भिटामिन डीको बढी प्रयोग भने हानिकारक हुन सक्ने छ । पहिले रगत जाँच गरेर भिटामिनडी को मात्रा कति छ, हेर्ने र मात्रा कम भएको अवस्थामा मात्रै चिकित्सकको सल्लाहअनुसार भिटामिन डी ट्याब्लेट खान मिल्ने उनी बताउँछन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया