दुवै मृगौला फेल भएपछि रायमाझी परिवारबाट सहयोगको याचना



टाेपलाल अर्याल


गुल्मी । गुल्मीको इस्मा गाउँपालिका –२ रातडाँडाका २६ बर्षिय सागर रायमाझीको दुबै मृगौला फेल भएका छन् । सिराबहादुर र विष्णु रायमाझीका जेठो छोरा सागरको दुवै मृगौला फेल भएपछि विगत ८ महिनादेखि  शिक्षण अस्पताल काठमाडौंमा उपचार भईरहेको छ ।                                                                                उनको तत्कालै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको र  खर्च धेरै लाग्ने भएपछि परिवारले सबैलाई सहयोगको याचना गरेको हो । अहिलेसम्म पनि थुप्रै खर्च लागेको र घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण सहयोग गरेर छोरा बचाइदिन बुवा सिरा बहादुर रायमाझीले आग्रह गरे। घरको आर्थिक अवस्था कमजोर भएकै कारण सानो उमेरमा विदेशीएका रायमाझी दुवै मृगौला फेल भएपछि अहिले उपचारका लागि अस्पतालको बेडमा छट्पट्याउँदै सहयोगको अपिल गरेका छन् ।                                                                               उनकी आमा विष्णु रायमाझीले घरको साहारा बनेको छोरानै रोगसँग लडिरहँदा उपचारका लागि आर्थिक अभावमा तड्पिने अबस्था रहेको बताइन् । सहयोगको लागि सागरको आमा विष्णु रायमाझीको बैंक खाता विवरण बैक ग्लोवल आइएमई बैंक, खाता न ०७००७०१००११८३३ र सम्पर्क न ९८४७२३४७६३, ९८४७५७२१२३ रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया