गुल्मीमा शिव दर्शन भलिबलको उपाधि गुन्धारालाई



टाेपलाल अर्याल


गुल्मी । न्यू शिव दर्शन क्लब इस्मा गाउँपालिका–५, इस्मा रजस्थलले आयोजना गरेको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मुसिकोट नगरपालिका–६ को सिर्जनशील युवा क्लब गुन्धाराले जितेको छ ।

 

मुसिकोट नगरपालिका–१ थामको सिर्जनशील नमुना युवा क्लब द्वितीय र इस्मा गाउँपालिका–५ को इस्मा रजस्थल प्रगतिशील युवा क्लब तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्लबले क्रमशः ४५ हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । क्लबका सल्लाहकार समिति संयोजक ईश्वरीप्रसाद अर्यालले पुरस्कारबारे जानकारी दिए ।

त्यस्तै, भेट्रानतर्फ आयोजक न्यू शिव दर्शन क्लब प्रथम, बुद्ध ज्योति युवा क्लब द्वितीय र इस्मा रजस्थल प्रगतिशील युवा क्लब तृतीय भएका छन् । उनीहरूले क्रमशः २२ हजार, १७ हजार र १२ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

( Jeevan rajan

जुनियर पुरुष भलिबल प्रतियोगितामा दोहोली स्टार युवा क्लब प्रथम, न्यू शिव दर्शन क्लब द्वितीय र इस्मा रजस्थल प्रगतिशील युवा क्लब तृतीय भएका छन् । उनीहरूले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको क्लबका सचिव रमेश थापाले जानकारी दिए ।

खुला पुरुष भलिबलतर्फ उत्कृष्ट खेलाडी दिपेन्द्र माझी, उत्कृष्ट स्पाइकर सन्दीप पुन र अनुशासित खेलाडी संगम परियार पुरस्कृत भएका छन् । भेट्रानतर्फ उत्कृष्ट खेलाडी तुल्सी थापा, उत्कृष्ट स्पाइकर गुमानसिंह गुरुङ र अनुशासित खेलाडी राजु थापा पुरस्कृत भएका छन् ।

त्यस्तै, जुनियर पुरुष भलिबलतर्फ उत्कृष्ट खेलाडी जन्स गुरुङ, उत्कृष्ट स्पाइकर अनुप थापा र अनुशासित खेलाडी देवबहादुर नेपाली पुरस्कृत भएका छन् । क्लबका उपाध्यक्ष सुन्दर बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो । भलिबल फाइनल खेलको शुभारम्भ इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले गरेका थिए । कार्यक्रममा स्थानीय पञ्चेबाजासहित कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया