गुल्मीमा पहिरोले दलित बस्तीमा क्षति पुर्‍याएपछि प्रजिअमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण



अनिल खत्री


गुल्मी । बाढि पहिरोले दलित वस्तीमा बढि क्षती गरेको भन्दै गुल्मी जिल्लाका दलित अधिकारकर्मीहरुले पुर्नवासको व्यवस्था माग गर्दै प्रधानमन्त्रीलाई ध्यानर्कषण गराएका छन् । नेपाल उत्पीडित मुक्ति समाज गुल्मीका अध्यक्ष दिपक बरालले बाढि पहिरो सम्बन्धी विभिन्न मागहरु सहित गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानर्कषण पत्र पठाएका हुन् ।

ध्यानार्कषण पत्रमा २०७६ साल देखि यता भएका बाढि पहिरोमा परेर २२ जना दलित परिवारका सदस्यले ज्यान गुमाउनु परेको उल्लेख गरिएको छ । जिल्लामा अधिकांश बाढि पहिरोका घटनामा दलित समुदायक नागरिकहरु मात्रै पिडामा पर्ने गरेकाले वस्ती जोखिमपूर्ण वस्तीहरुको नक्सांकन गरी वस्तीको स्थानान्तरण गरी पुर्नवासको व्यवस्था गर्न माग गरेका छन् । यसवर्षको असार यता बाढी पहिरोवाट यता १० जनाको भएको छ । ठूलो मात्रामा धन, सम्पत्ति, पशु चौपया, सार्वजनिक सम्पत्ति, बाली नालीको नोक्सान भएको छ ।

Jeewan and Rajan Tailors

बाढी पहिरोवाट सवै भन्दा बढी मानवीय क्षती (१० मध्ये ९ जना दलित समुदायमा भएको छ । पहिरोकै कारण यसै वर्ष मात्रै २०८१ असार १४ गते मालिका गाउँपालिका वडानम्बर– ६ अर्जेमा ५ र साउन २२ गते मुसिकोट नगरपालिका नम्बर–१ विसौनामा ४ जना गरी ९ जना दलित परिवारका सदस्यको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । रुरुक्षेत्र गाउँपलिका वडानम्बर– ३, ढाँटीमा असार २२ गते गएको पहिरोबाट रुपा (उजेली) टोमटाको घर पूर्णरुपमा क्षती भएको छ । यसरी विपद्का घटनामा दलित समुदायका नागरिकहरु मात्रै पर्ने गर्नाले यसबारेमा सरकारको ध्यानार्कषण गराइएको नेपाल उत्पीडित मुक्ति समाज लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण बिश्वकर्माले बताए ।     २०७६ साल देखि यता रेसुङ्गा नगरपालिका २, सत्यवती ११, मालिका ५ र मुसिकोट ४ गरी २२ जना दलित परिवारका सदस्यले बाढी पहिरोका कारण मृत्यु भएको थियो ।

The Star Family Restaurant

जिल्लाको मालिकाको दर्लिङ्गको कोसिला बाध, वाड्दिको महभिर छापहिलेको साराकटेरी, अर्जेको ठाटी पोरिपोखरा, कंडेलपाटा, घमिरको कोट एरिया र मर्भुङ्गको फल्लेनी र मैदान एरिया, इस्माको दोहलीको कुखुरियाच्याना, रजस्थलको गाव, हस्तिचौरको मल्दी धुर्कोट वाग्ला अज्मिरमा वस्तीहरु जोखिमपूर्ण अवस्थामा रहेका छन् ।

त्यस्तै रजस्थल, काफलपानी कोट नजिक, मदानेका सिर्सेनी पोखरा, मुसिकोटको कोटफेरा, देउराली, वामी मैदान, काउले, बिसौना, दारपाले, रुरुक्षेत्रका धात्रपती, चिउरेक, रिडी, भडकुवा, भर्लेनी मादा, ढाटी, सुन्डाडा, आंटीपाटा, पाहगा, चिदियार, भागाबारी, कालीकामोड, सिदुरे, नाच्नेडोंडा, दारसिगंवास, गाडदी, रिमुवा, रेसुङ्गांको खान्दुला वस्तीहरु जोखिमपूर्ण अवस्थामा रहेका छन् ।

वुढीचौर, दुवीचौर, पराल्मी, कालीगण्डकी अर्वेनीको वसपार्क क्षेत्रको तातोपानी र आपेखोलावीचको वस्ती लगायतका दर्जनौ वस्तीहरु जोखिमपूर्ण अवस्थामा रहेका छन् । यी जोखिमपूर्ण वस्तीमा मूख्यगरी दलित समुदायको वसोवास रहेको छ । यी जोखिमपूर्ण वस्तीहरुमा मानवीय रक्षा तथा सम्पत्तिको सुरक्षा गर्न भन्दै प्रधानमन्त्रीलाई ध्यानर्कषण  गराएका हुन् । दलित समुदाय लगायत अन्य समुदायको बसोवास गर्ने जोखिमपूर्ण वस्तीहरुको नक्सांकन गरी वस्तीको स्थानान्तरण गरी पुर्नवासको व्यवस्था गर्न माग गरेका छन् ।

बाढी पहिरोमा ज्यान गुमाएका परिवारमा शिक्षा, स्वास्थय, रोजगारीको ग्यारेण्टी गर्न भन्दै प्रधानमन्त्रीको ध्यानार्कषण गराएका छन् । संभावित प्राकृतिक विपत्तिवारे जोखिमपूर्ण वस्तीमा सचेचनामूलक कार्यक्रमहरु संचालन गर्न र बाढी पहिरोवाट प्रभावित क्षेत्रमा समयमै राहत र उद्धार कार्य गर्ने व्यवस्था मिलाउन ध्यानार्कषण गराएका छन् । त्यस्तै बाढी पहिरोचाट घाइते हुनु भएका घाइतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था गर्न भन्दै प्रधानमन्त्रीको ध्यानार्कषण गराएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया