रेसुङ्गमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा एक हप्ते श्रीमदभागवत महापुराण सप्ताहा ज्ञान महायज्ञ हुने भएको छ । साउन २६ गतेदेखी ३२ गतेसम्म एक हप्ते श्रीमदभागवत महापुराण सप्ताहा ज्ञान महायज्ञको आयोजना गरिएको रेसुङ्गा संरक्षण समिति गुल्मीले जनाएको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको महिमालाई थप टेवा पुग्ने गरी ज्ञान महायज्ञको आयोजना गरिएकोे समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो  । रेसुङगा क्षेत्रमा एक हप्तासम्म चल्ने महायज्ञमा भारतका योगी सम्भुनाथ जी महाराजलगायतका योगीहरुले पुराण बाचन गर्ने समितिले जनाएको छ ।
रेसुङ्गाको सम्बन्ध त्रेता युगदेखि अयोध्यासँग रहेको छ । रेसुङ्गा र भारतको अयोध्याबीच रहेको पौराणिक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै भारतीय धार्मिक व्यक्तित्व तथा पर्यटकलाई रेसुङ्गामा ल्याउने उद्येश्यले महायज्ञको आयोजना गरिएको भुसालले बताउनुभयो  । अयोध्याका राजा दशरथलाई सन्तान नभएपछि रेसुङ्गा धाममा तपश्वी श्रृङ्ग ऋषिलाई अयोध्या बोलाएर पुत्रेष्टि महायज्ञ गरेरमा सन्तान हुन्छन् भन्ने राजा दशरथका गुरु ऋषिहरुको सल्लाह अनुसार ऋष्यश्रृङ्गबाट पुत्रेष्टि महायज्ञ गराइएको कथा वेद पुराणहरुमा उल्लेख छ । यज्ञका प्रभावले दशरथका छोरा राम, लक्ष्मण, भरत र शत्रुधन जन्मेको त्रेता युगको कथा पुराणहरुमा उल्लेख छ ।

Jeewan and Rajan Tailors

यो सम्बन्धलाई अहिले प्रगाढ बनाउने र भारतबाट रेसुङ्गा क्षेत्रमा धेरै पर्यटक भित्र्याउने उदेश्यले मेला आयोजना गरिएको रेसुङ्गा संरक्षण समितिको सह–सचिव यज्ञप्रसाद पन्थीले बताउनुभयो  । रेसुङ्गा धामको ब्यापक प्रचारप्रसार गर्ने धार्मिक आस्था अनुसार यस क्षेत्रको महत्वलाई भारतको अयोध्या, राजस्थान, बनारस हुँदै संसारभर छरिएर रहेका हिन्दु धर्मावलम्बीहरुसम्म पुर्याउने उदेश्य राखिएको पन्थीको भनाई छ । महायज्ञलाई लक्षित गरी समितिले तयारी स्वरुप विभन्न कार्यक्रमहरु आयोजना गरेको सचिव गोपाल पन्थीले बताउनुभयो  । समितिले गत वर्ष भारतका चार सय सादुसन्त ल्याइ सन्त सम्मेलन गरेको थियो ।

The Star Family Restaurant

सम्मेलनबाट समितिले २५ लाख रुपियाँ बचत गरेको समितिका कोषाध्यक्ष नेत्र बस्नेतले बताउनुभयो । साउनमा रेसुङ्गामा एक महिने साउने मेला चलेको छ । प्रत्येक वर्ष रेसुंगामा साउनभर एक महिने मेला लाग्ने गर्दछ । रेसुङ्गामा पोखरीमा गई स्नान गर्नाले अन्जानमा गरेका पापहरु नष्ट हुने धार्मिक विश्वास रहँदै आएको छ । पोखरीदेखी यज्ञशालासम्म एक हजार आठ सिढी चढेर पुग्न सकिन्छ । पैदल मार्गमा आकर्षक सिँडी निर्माण गरिएको छ । जसले गर्दा पैदल यात्रा गर्न रमाइलो सहज छ ।

सिद्धभूमि,तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ ।

द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।

रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिन्छ ।  रेसुङ्गा शिखर उच्च क्षेत्र हुनाले यहाँको हावापानी शीतल छ । हिउँदमा उच्च भागतिर यदाकदा हिउँ पर्छ ।  गर्मी याममा यहाँको वातावरण मनोरम र अनुकुल हुन्छ । यो क्षेत्र शान्त, एकान्त, शीतल र मनोरम छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया