गुल्मीमा गँड्याैला मलको उत्पादन, रासायनिक मलको प्रयोग भन्दा सयौं गुणा फाइदा



सन्तोष महतारा


गुल्मी । गुल्मीमा गँड्याैला मल (भर्मी कम्पोष्ट मल) को उत्पादनलाई बढवा दिइएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा किसानसँगको सहजीकरण मार्फत भर्मी कम्पोष्ट मल उत्पादनलाई बढवा दिइएको छ ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ५ र धुर्कोट गाउँपालिका वडा नम्बर ५ मा पर्ने हुलाकेको सप्लीङ्गमा हाल धुर्कोट अर्गानिक कृषि तथा गड्यौला मल उत्पादन फर्मले भर्मीक कम्पोष्ट मल उत्पादन गरिरहेको छ । गाईभैंसीको मललाई गड्यौला मार्फत भर्मीक कम्पोष्ट मल उत्पादन गरिन्छ ।                                                                         धुर्कोट अर्गानिक कृषि तथा गड्यौला मल उत्पादन फर्मका संचालक खिमानन्द भण्डारीले रासायनिक मलको प्रयोग गर्नुको सट्टा भर्मी कम्पोष्ट मलले उत्पादनमा वृद्धि, माटो नबिगार्ने र उत्पादित बस्तु अर्गानिक हुने बताए । हाल प्रतिकिलो ३० रुपैयाँमा विक्री हुँदैआएको भर्मी कम्पोष्ट मलले दिने उत्पादन रासायनिक मलले दिने उत्पादन बराबर छ । भर्मी कम्पोष्ट मलको फाइदा माटोलाई स्वस्थकर राख्ने र उत्पादन अर्गानिक हुने रहेको गड्यौला मार्फत उत्पादित मल भर्मी कम्पोष्ट मलका उत्पादन कर्ता भण्डारीले जानकारी दिए । गँड्याैला मलको फाइदा रासायनिक मल भन्दा सयौं गुणा बढी छ ।

Jeewan and Rajan Tailors

भर्मी कम्पोष्ट मललाई गोबरको प्रयोग गर्ने, गोबरलाई ब्याड बनाएर राख्ने, त्यसमा गड्यौला राख्ने र केही समयमा भर्मी कम्पोष्ट मल तयार हुने गर्दछ । माटो व्यवस्थापन कार्यक्रम अन्तर्गत भर्मी उद्योग कार्यक्रम संचालन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । कृषि ज्ञान केन्द्रको पाँच लाख पाँच हजार र फर्ममको ७३ हजार लगानीमा यस आर्थिक वर्षमा धुर्कोट अर्गानिक कृषि तथा गड्यौला मल उत्पादन फर्म संचालनमा आएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । उनले माटो व्यवस्थापन कार्यक्रम मार्फत रासायनिक मलको सट्टा प्रयोग गर्न सकिने कम्पोष्ट मलको उत्पादनलाई प्राथामिकता दिएको बताए । फर्मको सोमबार जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले शुभारम्भ गरे ।

The Star Family Restaurant

फर्मको शुभारम्भ कार्यक्रममा भर्मी कम्पोष्ट मलको उत्पादनलाई बढवा दिने र यसको बजारीकरणलाई सुनिश्चत गरी ब्यापक गराउनुपर्नेमा जोड दिइएको थियो । शुभारम्भ कार्यक्रममा इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले रासायनिक मलको प्रयोगले खाद्य सुरक्षाको बिषयमा यसले असर गरिरहेको भन्दै भर्मी कम्पोष्ट मलको उत्पादनलाई गाउँपालिकाले अगाडी सारिरहेको बताए । उनले कम्पोष्ट मलको नवीन कार्य अगाडी सारेकोले यसको प्रयोगलाई ब्यापक बनाउने गरी सबै लाग्नुपर्ने बताए । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले भर्मी कम्पोष्ट मलको उत्पादन सुरु भएकोले यसको खपतलाई अगाडी लैजाने बताए । उनले कृषि उपज स्वस्थकर बनाएर लागि मानव स्वस्थ बन्नका लागि भर्मी मलको प्रयोगका लागि चेतनाका कार्यक्रम गर्ने बताए ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले खाना स्वस्थकर बनाउनका लागि माटो स्वस्थकर हुनुपर्ने र यसको लागि भर्मी कम्पोष्ट मल प्रयोग गर्नुपर्ने बताए । ‘कृषि ज्ञान केन्द्रले उत्पादनलाई बढवा दियोस्, इस्मा र धुर्कोट गाउँपालिकाले खपतलाई वृद्धि गर्ने गरी लाग्नुपर्छ’ जिसस प्रमुख खत्रीले भने, “रासायनिक मलको प्रयोगलाई कम गरी र सबैले भर्मी कम्पोष्ट मल प्रयोग गर्नुपर्छ ।” उनले सबै किसानलाई भर्मी कम्पोष्ट मलको प्रयोगलाई अगाडी बढाउनको लागि संचारमाध्यम मार्फत अनुरोध गरे ।

हाल बजारमा रासायनिक मलको हाहाकार छ । किसानले चाहेजति रासायनिक मल पाउन सकेका छैनन् । तर, रासायनिक मलको सट्टा भर्मी कम्पोष्ट मल प्रयोग गर्न सकिने जानकारी किसानमा छैन् । भर्मी कम्पोष्ट मलले तत्कालीन र दीर्घकालीन दुवै फाइदा भएको धुर्कोट अर्गानिक कृषि तथा गड्यौला मल उत्पादन फर्मका संचालकले बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया