बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियानको सर्वेक्षण, यस्ता छन् रोचक प्रतिक्रिया



सन्तोष महतारा


गुल्मी । बाँदर नियन्त्रण गर्ने उपाय के होला ? स्थानीय, प्रदेश र संघीय सरकारले समेत बाँदर नियन्त्रणको उपाय खोज्न सकेका छैनन् । यद्यपी हालै संघीय सरकारले बाँदर नियन्त्रणको लागि खोज अनुसन्धान गर्न २० सांसदलाई भारत पठाउने तयारी गरेको छ ।

तर, अहिले बाँदर नियन्त्रण गर्न रुख काटिएको बिषय चर्चामा छ । गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर १ ले केही समय पहिलेदेखि नै बाँदरको नियन्त्रण गर्न रुख काटिरहेको थियो । यद्यपी पोखराको यही प्रसंगले पहिले चर्चा बटुल्यो ।

Jeewan and Rajan Tailors

बाँदर नियन्त्रण गर्न रुख काटिएको बिषयमा अहिले विरोध र समर्थनका प्रतिक्रिया आइरहेका छन् । हाल काटिएका रुख ब्यक्तिगत जग्गाका हुन् । स्थानीयकै मागमा सबैको सहमतीमा आफ्नै जग्गाका रुख स्थानीय आफै खटिएर काटेका हुन् ।

The Star Family Restaurant

यस बिषयमा लाइभ गुल्मीले गरेको सर्वेक्षणमा बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान बेठीक भएको बताउने धेरै छन् । यस अभियानलाई ठिक भन्ने र जति रुख काटिन्छ त्यति विरुवा रोप्ने भन्नेको संख्या हाराहारीमा छ ।

लाइभ गुल्मीले मंगलबार साँझ सात बजेदेखि बुधबार साँझ सात बजेसम्म २४ घण्टाको समय अवधिमा आफ्नो आधिकारिक फेसबुक पेज Live Gulmi मा सर्वेक्षण गरेको थियो । गुल्मीमा बाँदरले सताएपछि रुख काट्ने अभियान कस्तो लाग्यो ? भनेर सोधिएको प्रश्नमा ठिक, बेठीकजति काटिन्छ त्यति रोप्नुपर्छ भन्ने तीन विकल्प राखिएको थियो ।

सर्वेक्षणमा कुल छ सय ६३ जना सहभागी भएका छन् । यसमा बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान बेठीक भन्नेको संख्या बढी छ । यसमा कुल तीन सय ९७ जना अर्थात् ५९.८८ प्रतिशतले यो अभियान बेठीक भएको बताएका छन् ।

त्यस्तै सर्वेक्षणमा सहभागी मध्ये २०.६६ प्रतिशत अर्थात् कुल एक सय ३७ जनाले यो अभियान ठिक रहेको बताएका छन् । साथै सर्वेक्षणमा सहभागी मध्ये १९.४६ प्रतिशत अर्थात् एक सय २९ जनाले जति काटिन्छ त्यति रुख रोप्नुपर्छ भन्ने विकल्प रोजेका छन् ।

सोधिएको प्रश्नमा केही रोचक प्रतिक्रिया समेत रहेका छन् । केहीले बाँदर नियन्त्रण गर्न रुख काट्नु र जुम्रा नियन्त्रण गर्न टाउको काट्नु उस्तै भएको प्रतिक्रिया दिएका छन् । केहीले भने बाँदर नियन्त्रण गर्न रुख काट्नु भन्नुको अर्थ सबै जंगल सखाप पार्नु नभई घर र बारीको वरिपरीको झाडी सफा गर्नु भएको प्रतिक्रिया दिएका छन् । यसैमा केहीले बाँदर नियन्त्रण गर्न रुख काट्नु गलत भन्नु बाँदरको हैरानी खेप्न नपर्नेले भनेको भन्ने प्रतिक्रिया छ ।

रेसुंगा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थीले भने स्थानीयको माग, सबैको सहमती र बाँदर केही मात्रामा कम हुने भएकोले व्यक्तिगत जग्गामा भएका रुखहरु ब्यक्तिहरुकै सक्रियतामा काटिएको बताएका छन् ।

सर्वेक्षणमा देखिएका केही रोचक प्रतिक्रिया :

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया