एक सय हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा



Live Gulmi


गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ मा कुमालटारी सिँचाइ योजना अन्तर्गत नहर निर्माणको काम सकिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीको आर्थिक सहयोगमा बावुल पन्थ वेष्टर्न पपुलर जेभिले निर्माणको काम सकेको हो ।

एक सय हेक्टर क्षेत्रफलको जमिनमा सिँचाइको सुविधा पु¥याउनको लागि स्थानीय जाबुने खोलाबाट छ हजार छ सय ५० मिटर लामो नहर निर्माण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार, मुख्य नहर लाइनिंग एक हजार सात सय ३१ मिटर, रिटेनिंग वाल दुई सय ७४ मिटर, ग्याबिन पाँच सय ७८ घनमिटर, शाखा नहर निर्माण १६ मिटर, कोर वाल निर्माण नौ मिटर र रोड क्रसिंग १२ मिटरका संरचनाहरु निर्माण भएका छन् । नहर कोरवाल डाइभर्जन अनुसार निर्माण गरिएको छ ।

वि.सं.२०७९ बैशाख ८ गते जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मी र बावुल पन्थ वेष्टर्न पपुलर जेभिबीच कुल एक करोड ५९ लाख रुपैयाँमा काम सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । उक्त योजना सम्पन्न गर्नुपर्ने मिति अवागै निर्माण सम्पन्न भएको छ । जसमा भ्याटसहित कुल एक करोड ७१ लाख रुपैयाँ खर्च भएको छ ।

bird conversation Add

बिहिबार एक कार्यक्रमका बीच जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीलाई बावुल पन्थ वेष्टर्न पपुलर जेभिले योजना सम्पन्न गरि हस्तान्तरण गरेको छ । जस लगत्तै कार्यालयले गुल्मीदरबार गाउँपालिकालाई योजना हस्तान्तरण गरेको थियो । गाउँपालिकाले उपभोक्तालाई संरक्षण गर्ने गरि उपयोग गर्न आग्रह गरेको छ ।

( Jeevan rajan

निर्माण व्यवसायी गगन केसीले आफुले प्रतिबद्धता जनाए अनुरुप समयमै काम सकेको बताए । उनले बाँझो रहेको जमिनमा यो सिजनमा सिंचाइ हुने गरि उपभोक्ताको हितलाई मध्यनजर गरेर तिव्र गतिमा काम सम्पन्न गरेको बताएका थिए । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले आफुहरुले छोटो समयमै ठुलो बजेटको काम सम्पन्न गरेको कुमालटारी सिँचाइ योजना रहेको बताए । उनले निर्माण व्यवसायीबाट पनि समयमै गुणस्तरीय काम भएको बताएका थिए ।

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले सिँचाइको सुविधापछि अब एक सय हेक्टर क्षेत्रफल बाँझो नराख्न उपभोक्तालाई आग्रह गरे । ‘सिँचाइ सुविधाको व्यवस्था गरेका छौं’ अध्यक्ष थापाले भने, “बाँझो जमिनमा खेती गर्ने र नहरको संरक्षण गर्ने उपभोक्ताको जिम्मेवारी हो ।” उनले अब बाँझो जमिन रहन नहुनेमा जोड दिए ।

जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले समय अवागै योजनाको निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी, रेखदेख गर्ने सिंचाइ कार्यालय, सुविधा लिने उपभोक्ता र समन्वय गर्ने गाउँपालिकालाई धन्यवाद दिए । ‘सिँचाइ नै नभएर जग्गा खाली रहे हाम्रो चिन्ताको बिषय हो’ जिसस प्रमुख खत्रीले भने, “सिंचाइ सुविधा भएपछि जग्गा खाली रहनुभएन ।” उनले एक सय हेक्टर क्षेत्रफलमा सिंचाइको सुविधा पुगेकोले अब जग्गामा खेतीपाती गरेर हराभरा बनाउन सबै उपभोक्तालाई आग्रह गरे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया